साहित्यपोस्ट
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार एवम् चिन्तक आचार्य राजनलाई “अनेसास सद्भावना दूत”मा मनोनयन गरेको छ | अष्ट्रेलियाको सिडनीमा बसेर साहित्यको सम्वर्द्धनमा लागेका राजनको वास्तविक नाम भीमसेन सापकोटा हो |
सिन्धुपाल्चोकमा जन्मिएका राजन अध्यात्म र साहित्यका क्षेत्रमा चर्चित नाम हो | नेपालमा रहँदा पत्रकारिता र प्राध्यापन पेसामा संलग्न राजन असनेपालन्यूजका प्रधानसम्पादक समेत रहेका छन् |
यसअघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट “अनेसास हिरो’ सम्मान प्राप्त गरिसकेका राजन अनेसासका अष्ट्रेलिया-ओसनिया क्षेत्रका उपाध्यक्षसमेत रहेका थिए | गणतान्त्रिक फिजीका लागि सद्भावना राजदूतसमेत रहेका राजनका प्रश्नमा ईश्वर, भत्किएको पर्खाल, सुख-सूत्रलगायतका साहित्यिक र दर्शनका कृति प्रकाशित छन् | उनी अनेसास अष्ट्रेलिया न्यूसाउथ वेल्स च्याप्टरको संस्थापकसमेत हुन् ।
समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो | मनोनित “अनेसास सद्भावना दूत”को कार्यकाल दुई वर्षको रहनेछ |



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

