काठमाडौं । वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमले काठमाडौंमा ‘चितवन शिखरबास स्मृतिबिम्ब’को विमोचन गर्नुभयो ।
उक्त अवसरमा उहाँले साहित्यकार चितवन शिखरबासले नेपाली, हिन्दी, बगाली र उर्दु भाषामा साहित्य सृजना गरेर ठूलो योगदान पुर्याएको बताउनुभयो । प्रमुख अथिति डा. गौतमले तत्कालनी समयमा चर्चामा नआए पनि उहाँ सृजनाका कारण सधैं जीवित रहिरहने बताउनुभयो । पचास वर्षअघि साहित्यमा सक्रिय चितवन शिखरबासका अप्रकाशित कृतिहरू प्रकाशन गर्ने चाँजोपाँजो मिलाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
विमोचित कृतिको समीक्षा गर्दै कवि तथा समालोचक प्राडा शैलेन्द्रुप्रकाश नेपालले चितवन शिखरबास प्रगतिशील र समाजिक रुपान्तरणका पक्षमा वकालत गर्ने लेखक भएको बताउनुभयो ।
कवि तथा समीक्षक हरिअधिकारीले एउटी छोरीले आफ्नो बुबाको सम्मानमा गरेको काम विशिष्ट र सम्मानयोग्य रहेको बताउनुभयो ।
कवि मणि लोहनीले साहित्यकार चितवन शिखरबासको रचनामा प्रगतिशीलता र आध्यात्मिकताको सङ्गम भेटिने बताउनुभयो ।
‘चितवन शिखरबास स्मृतिबिम्ब’ साहित्यकार निरूपा प्रसूनले सम्पादन गर्नुभएको हो । शिखरबासकी उहाँ कान्छी सुपुत्री हुनुहुन्छ । प्रसुनले आफ्ना पिताका बारेमा विविध स्मंरणहरू सुनाउनुभयो ।
चितवन शिखरबास स्मृतिबिम्बमा २७ जनाले उहाँमाथि लेखेका लेख र स्मंरणहरू समावेश छन् । १९९८ सालमा चितवनमा जन्मिनुभएका शिखरबासको २०७६ सालमा निधन भएको थियो । उहाँका कथा तथा कविताका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 








