डा. रेणुका सोलुको संस्मरणात्मक निबन्धसङ्ग्रह “तुइन जिन्दगी” सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको पुस्तकालयको हलमा एक भव्य समारोह आयोजना गरेर पुस्तक सार्वजनिक गरिएको हो ।
माननीय गगनकुमार थापा, साहित्यकार माया ठकुरी, प्रा.डा. सावित्री मल्ल कक्षपती, समाजसेवी आङ्गेलु शेर्पा, टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, समालोचकत्रय डा. दामोदर पुडासैनी किशोर, डा. गीता त्रिपाठी, ज्ञानु अधिकारी, लेखकका जीवनसाथी बलबहादुर थापा र डा. रेणुका सोलुको सामूहिक रूपमा पुस्तक लोकार्पण गरेका हुन् ।
कार्यक्रममा साहित्यकार निलुफर बञ्जराले पुस्तक पढेर पाठकीय प्रतिक्रिया राखेकी थिइन् भने डा. दामोदर पुडासैनी किशोर, ज्ञानु अधिकारी र डा. गीता त्रिपाठीले पुस्तक समीक्षा गरेका थिए ।
माननीय गगनकुमार थापा, माया ठकुरी, प्रा.डा. सावित्री मल्ल कक्षपती, आङ्गेलु शेर्पा र कर्मा शेर्पाले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत मन्तव्य रक्षा थापाले राखेकी थिइन् भने धन्यवाद मन्तव्यसहित कार्यक्रम समापन रेणुका सोलुबाट भएको थियो । कार्यक्रम सञ्चालनको भूमिकामा साहित्यकार भैरवी भूगोल रहेकी थिइन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।