सिभिल इन्जिनिय डा. विष्णुप्रसाद गौतमको गैरआख्यान विधाको पुस्तक हो ‘विवेकको फिल्टर’ । पुस्तकलाई ‘केही आधारभूत चरित्र’, ‘मूल्यमान्यता’, ‘शिक्षा’, ‘पेशागत क्षेत्र’, ‘आर्थिक क्षेत्र’, शासन व्यवस्था’ र ‘राष्ट्रिय सोच र दृष्टिकोण’ गरी सात भागमा विभाजन गरिएको छ । आफ्ना अनुभव र अध्ययनलाई आधार बनाएर लेखकले पुस्तकमा व्यक्ति, समाज र राष्ट्रको समग्र विकास विकासका विविध पक्षहरू केलाएका छन् ।
‘विवेकको प्रयोग गरियो भने विचार र प्रवृत्ति छान्ने फिल्टर बनाउन सकिंदो रहेछ भन्ने यो किताब पढेपछि लाग्यो ।’, भूमिकामा कमल ढकाल लेख्छन्, ‘एउटा विशेष किसिमको फिल्टर परिकल्पना गरौं, जसले उपयोगी विचार छिर्न दिने तर कुविचार वा गलत प्रवृत्तिको असर पर्न नदिने काम गरोस् । हामी सबैले त्यस्तो विवेकजडित फिल्टर प्रयोग गर्नु आजको आवश्यकता भएको छ । यसो गर्न सके कति जाती हुन्थ्यो भन्ने पढिरहँदा लाग्यो ।’
पुस्तकको प्रारम्भमा लेखक गौतम लेख्छन्, ‘आजको युवा पुस्ताका लागि विवेकको फिल्टर आवश्यक छ । युगौंयुगदेखि प्रसारण हुँदै आएका र नयाँ नयाँ विकास हुँदै गरेका सबै खाले गलत प्रवृत्तिबाट मुक्ति विवेकको फिल्टर प्रयोगबाट मात्र सम्भव छ ।’
पुस्तकलाई सिमल बुक पब्लिकेसन्सले प्रकाशनमा ल्याएको हो । ४ सय ८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ७ सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










