नेपाल प्रज्ञा प्रतिष्ठानले २०७९ मा प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’मा प्रविष्ट कतिपय शब्दार्थका बारे संशोधनका लागि सुझाव माग गरेको छ ।

प्रतिष्ठानका सदस्य सचीव धनप्रसाद सुवेदीले सूचना निकालेर कतिपय शब्दार्थका बारेमा गुनासा आएकाले संशोधन र परिमार्जनका लागि सुझाव माग गरिएको उल्लेख गरेका छन् । उनका अनुसार शब्दकोशमा आवश्यक परिमार्जनको काम सुरू गरिएको छ ।

पुस मसान्तभित्र आवश्यक सुझाव प्रज्ञा प्रतिष्ठानको इमेलमा पठाउन सकिनेछ ।