अर्जुन प्रधान । एडमन्टन इभेन्ट सपोट टिम क्यानडा, स्वीकारोक्ति फाउण्डेशनद्वारा आयोजित “स्वीकारोक्ति विश्व यात्रा २०२४” कार्यक्रम समापन भएको छ ।

कार्यक्रमका प्रमुख उद्देश्य भोकमरी निर्मूल गर्नु र मानवीय एकताको सन्देश फैलाउनु र “एकताको लहरले विश्व जित्न सकिन्छ” भन्ने सन्देशलाई सबैको मनमा पुर्‍याउनु रहेको थियो ।

रोहित खरेलले आभार व्यक्त गरेपछि नारद खरेल “निडर”ले स्वागत मन्तव्य दिँदै अतिथिहरूलाई खादा लगाएर सम्मान गर्नुभएको थियो । उहाँले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सहभागीलाई स्वागत गर्नुभयो ।

त्यसपछि विश्व भूटानी साहित्य मञ्चका महासचीव पातलो अन्तरले सबैलाई स्वागत गर्दै कार्यक्रमको सञ्चालन सम्हाल्नुभएको थियो ।

कार्यक्रममा कृषा खरेलले कलात्मक प्रस्तुति दिनुभयो भने रवीन साम्पाङले बान्तावा कविता प्रस्तुत गर्नुभयो । त्यस्तै, आभाष रिखामले युवामा शिक्षा र स्वीकारोक्तिको भूमिकाबारे मन्तव्य दिनुभयो ।

गायक किरण गजमेरले “देखेर तिमीलाई”, “छोडी हिँडेउ” गीत प्रस्तुत गरेपछि भद्रवाज सर्गमले संस्कृति र पहिचानबारे छोटो सम्बोधन गर्नुभयो ।

रमेश देशारले “नयाँ मुना-मदन” नाटक प्रस्तुत गर्नुभयो जसलाई गीति रूपमा प्रस्तुत गरिएको थियो ।

कमल कार्की र सुवास प्याकुरेलले “सिरानमा फोटो छ” बोलको गीत प्रस्तुत गर्दा दर्शकहरू मन्त्रमुग्ध बनेका थिए ।

स्वीकारोक्ति कार्यक्रमको प्रमुख आकर्षणमा स्वीकारोक्तिको भूमिका र दर्शनबारे गम्भीर विमर्श रहेको थियो । सुसन माझीले स्वीकारोक्तिको भूमिका परिवार र समाजमा “रहेको विषयमा प्रस्तुति गर्नुभयो भने सन्तोष राईले “हङकङ पोखरा” गीत प्रस्तुत गर्दा कर्ण गुरुङ र समूहले विशेष नृत्य प्रस्तुत गरे।

कार्यक्रममा संस्थापक अध्यक्ष तथा स्वीकारोक्ति फाउन्डेशनका प्रतिपादक डेन्जम साम्पाङले स्वीकारोक्ति दर्शन र यसको महत्त्वबारे गहिरो विमर्श गर्नुभयो।

कमल कार्कीले “जुम्सुमे बजारमा” गीत प्रस्तुत गर्नुभयो भने लक्की रासीले विशेष कविता प्रस्तुत गरेर दर्शकहरूलाई भावनात्मक रूपले छुन सफल हुनुभयो । त्यसपछि लेखक राज बरालले “स्वीकारोक्तिः द्वन्द्व निरुपणको सास्वत सिद्धान्त र अन्तिम सत्य” विषयमा चर्चा गर्नुभयो।

अन्तिममा, समाजसेवी तथा साहित्यकार ओम गोर्खाली अधिकारीले “वर्तमान सन्दर्भमा साहित्यको भूमिका”बारे विचार व्यक्त गर्नुभयो । स्वीकारोक्ति फाउन्डेशन अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय प्रमुख कर्ण गुरुङले यस विश्व यात्रा सकारात्मक भावसहित खुशी, शान्ति र सद्भाव फैलाउने विशेष उद्देश्यका साथ आयोजना गरिएको बताउनुभयो ।

गुरुङले स्वीकारोक्ति दर्शन र सकारात्मक सोचको महत्त्वबारे सम्बोधन गर्नुभयो । नारद खरेलले “बालक” कविता प्रस्तुत गर्नुभयो जसमा सात जना बालबालिकाहरूले सहभागिता जनाएका थिए ।

कवि नारद खरेलले मनोरञ्जनात्मक प्रस्तुति “कति खानु यो बूढीको गाली” गीत प्रस्तुत गर्नुभयो जसमा रमेश र सुवासले साथ दिनुभएको थियो । खरेलले कविता “कालो जुम्रो” पनि वाचन गर्नुभयो । सुवास प्याकुरेलले “साथी” र्‍याप गीत प्रस्तुत गर्नुभयो ।

समापनतर्फ, किरण गजमेरले विशेष साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।