हालै न्युजिल्यान्डको अकल्यान्डमा नेपाली साहित्य समाज न्युजिल्यान्डको आठौं स्थापना दिवस तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष डा. वीरेन्द्र केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम वरिष्ठ सल्लाहकार उद्धव अधिकारीको संयोजन र आजीवन सदस्य डा यज्ञराज पन्तको सहजीकरणमा संचालन गरिएको थियो ।

समाजका संस्थापक अध्यक्ष पशुपति कर्माचार्य र आजीवन सदस्य प्रा. पीताम्बर शर्मा दाहालले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गर्नु भएको थियो भने कार्यक्रममा वरिष्ठ सल्लाहकार कमलप्रसाद श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा समाजका चार जना आजीवन सदस्यहरूलाई सम्मान गरिएको छ । सम्मानित हुनुहुने आजीवन सदस्यहरू दिनेश खड्का, श्याम मधिकर्मी, सत्यदेवी शर्मा र मिलन थापालाई समाजका अध्यक्ष डा. वीरेन्द्र केसीले आजीवन सदस्यता प्रमाणपत्र प्रदान गर्नु भएको थियो भने संस्थापक अध्यक्ष पशुपति कर्माचार्य र उक्त कार्यक्रमका संयोजक उद्धव अधिकारीले क्रमशः टोपी र खादा लगाइदिएर सम्मान प्रकट गर्नु भएको थियो ।

समाजले यसअघि पामस्टर्नमा आयोजित साहित्यिक कार्यक्रममा तीन जना आजीवन सदस्यहरूलाई सम्मान प्रदान गरेको थियो । सम्मानित हुनुहुने आजीवन सदस्यहरू डा. रमिल अधिकारी, लक्ष्मण भट्टराई र डा. जया तिवारीलाई समाजका अध्यक्ष डा. वीरेन्द्र केसीले आजीवन सदस्यता प्रमाणपत्र प्रदान गर्नु भएको थियो भने उक्त कार्यक्रमका संयोजक टीका रेग्मीले खादा र डा. जया तिवारी र डा. सरिता केसीले टोपी लगाइदिएर सम्मान प्रकट गर्नु भएको थियो ।

हालसम्म समाजले ४९ जना आजीवन सदस्यहरूलाई सम्मान प्रदान गरिसकेको छ । आजीवन सदस्यहरूले न्युजिल्यान्डमा नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्दै आएका छन् ।

अकल्यान्डमा सम्पन्न आठौं स्थापना दिवस तथा वार्षिक साधारणसभामा यस वर्षको साहित्य सृजना सम्मान कविद्वय नमिता दवाडी र डा. प्रकाशराज जोशीलाई र साहित्य सेवा सम्मान वरिष्ठ सल्लाहकार बाबुराजा महर्जनलाई प्रदान गरिएको थियो ।

सम्मानित हुने कविद्वय नमिता दवाडी र डा. प्रकाशराज जोशी र बाबुराजा महर्जनलाई मूल्याङ्कन समितिका सदस्यद्वय विनोद भौकाजी र विनोद आचार्यले क्रमशः सम्मानपत्र र खादा लगाइदिएर सम्मान प्रकट गर्नु भएको थियो ।

नेपाली साहित्य समाज न्युजिल्यान्डको स्थापनामा पु-याउनु भएको अतुलनीय योगदान एवम् यस समाजको उत्थानको लागि प्रदान गर्नु भएको महत्त्वपूर्ण समय, सदभाव र सिर्जनात्मक मूल्यको उच्च कदर गर्दै वरिष्ठ साहित्यकार एवम् यस समाजका आजीवन सदस्य प्रा. पीताम्बर शर्मा दाहाललाई विशेष सम्मान प्रदान गरिएको थियो । उहाँलाई समाजका अध्यक्ष डा. वीरेन्द्र केसीले सम्मानपत्र प्रदान गर्नु भएको थियो भने संस्थापक अध्यक्ष पशुपति कर्माचार्यले खादा लगाइदिएर सम्मान प्रकट गर्नु भएको थियो ।

कार्यक्रममा महासचिव गोपालप्रसाद कँडेलको प्रगति प्रतिवेदन र कोषाध्यक्ष डा. शिवप्रसाद पोखरेलको आर्थिक विवरण पेश गरिएको थियो । त्यस्तै विधान संशोधन समितिका सदस्य डा. सन्तोष भण्डारीले संशोधित विधान प्रस्तुत गर्नु भएको थियो ।
झण्डै ३५ जना जति नेपाली साहित्य प्रेमीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा पशुपति कर्माचार्य, श्रीधर बस्न्यात, बाबुराजा महर्जन, विनोद भौकाजी, विनोद आचार्य, प्रा. पीताम्बर शर्मा दाहाल, श्याम मधिकर्मी, डा. यज्ञराज पन्त, डा. प्रकाश जोशी, मिलन थापाले रचना वाचन गर्नु भएको थियो भने रविन आचार्यले गीत प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमका सभाअध्यक्ष डा. वीरेन्द्र केसीले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो ।