यस वर्षको “मनकुमारी केदार शर्मा ढकाल प्रतिभा पुरस्कार” साहित्यकारहरू डा. महेश्वर शर्मा, प्रा.डा. कृष्णप्रसाद न्यौपाने र मिललाल पंगेनीलाई प्रदान गरिने भएको छ । मनकुमारी केदार शर्मा ढकाल प्रतिभा पुरस्कार प्रतिष्ठानको बैठकले साहित्यकारत्रयलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

प्रतिभा छनौट समितिको सिफारिसमा नेपाली भाषा तथा साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याए बापत शर्मा, न्यौपाने र पंगेनीलाई “मनकुमारी केदार शर्मा ढकाल प्रतिभा पुरस्कार” प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका सदस्य सचीव प्रेमराज लुइँटेलले जनाएका छन् ।

पुरस्कृत स्रष्टाहरूलाई जनही २० हजार रूपैंयाका साथमा ताम्रपत्रले सम्मान गरिनेछ ।

२०८१ असोज ११ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रमको आयोजना गरी पुरस्कृत स्रष्टाहरूलाई पुरस्कार राशि सहित सम्मान गरिने जनाइएको छ । कार्यक्रम दिउँसो २:३० बजेबाट सञ्चालन हुनेछ ।