पत्रकार तीर्थ सिग्देलको आत्मपरक निबन्धसङ्ग्रह ‘बिर्सिएका सपनाहरू’ बजारमा आएको छ ।
युवा तथा विद्यार्थीहरूका लागि उपयोगी किताब रहेको लेखकको भनाइ छ । उनको भनाइ अनुसार किताबमा जिन्दगी सार्थक बनाउने शुत्र छन् भने तर्कहरूको माध्यमबाट समाजको चित्रण गरिएको छ । यसले पढ्ने मान्छेलाई एक प्रकारको उर्जा दिन्छ । खास गरेर मानिसहरूका सपना र यथार्थबारे यस किताबमा दृष्टि लगाएको पाइन्छ ।
२०५० सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सिग्देलको यो सातौं पुस्तक हो । २०७३ सालयता निरन्तर पुस्तक लेखिरहेका सिग्देलको यसअघि जीवनको गति, पूर्वको राजनीति, एक दिन समय कथा, मनोनेट, मनको कैदी र बिर्तामोडको इतिहास समेटिएको ‘बिर्तामोड उद्भव र विकास’ नामक पुस्तकहरू प्रकाशित भइसकेका छन् ।
सामाजिक यथार्थ, मानवीय संवेदना, अनुसन्धानात्मक लेखक क्षेत्रमा आफ्नो विशेष पहिचान बनाउँदै आएका सिग्देल तथ्यलाई पर्गेल्न सक्ने लेखकीय क्षमता राख्छन् । प्रतिस्पर्धात्मक लेखन क्षेत्रमा नयाँ धारणा जन्माउन सक्ने सिग्देलका किताबहरूले पाठकमा उर्जा सञ्चारित गर्छ ।
कथा, निबन्ध, यात्रा संस्मरण, इतिहास जस्ता विधामा उत्तिकै लेख्न सक्ने सिग्देलको लेखनमा समाजका विभिन्न पक्षहरूको स्प्रष्ट चित्र पाइन्छ ।
उनको यो पुस्तक मिडिया रिसर्च सेन्टरले प्रकाशन गरेको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।