साहित्यपोस्ट

नेपाली सवारी साधनहरुमा देवनगरी लिपीमा रहेको नेपाली भाषको नम्बरप्लेट हटाएर अङ्ग्रेजी भाषाको इम्बोस्ड नम्बरप्लेट राख्ने सरकारी निर्णयप्रती अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आपत्ति जनाएको छ ।

अनेसासले प्रेस विज्ञप्ती जारी गरी आफ्नो भाषा र मौलिकपनको विनाश गर्नतर्फ लागे राष्ट्रका लागि घातक हुने भन्दै विरोध जनाएको हो ।

‘नेपाली भाषामाथि सरकारी निकायबाटै बारम्बार भएका अन्यायपूर्ण परिवर्तनहरु खेदजनक छन् । आफ्नै भाषमाथि प्रहार भनेको जन्मदिने आमामाथिको प्रहार हो,जुन सदैव निन्दनीय हुन्छ’, विज्ञप्तिमा भनिएको छ ।

यस निर्णयप्रति अनेसासले सर्वोच्च अदालतको पनि ध्यानाकर्षण गराएको छ ।