काठमाडौं । आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल, प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिले तीज पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवम् नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले तीज महिलाहरूको सुखदुःख र स्नेहसँग जोडिएको पर्व भएको बताए । उहाँले तीजलाई विकृति र अन्धविश्वासबाट जोगाउँदै महिलामुक्ति मैत्री बनाउनुपर्ने बताउनुभयो ।
अतिथि एवम् नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले तीज पर्वलाई प्रतिष्ठानका कर्मचारीले सिर्जनशील रूपमा मनाएकोमा खुशी व्यक्त गर्नुभयो ।
प्रज्ञा-प्रतिष्ठानका भौतिक संसाधन महाशाखा प्रमुख सन्ध्या पहाडीले तीजलाई महिलाको पहिचान र प्रतिरोधसँग जोडेर मनाउन थाल्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा “समृद्धि बरीलै” शीर्षकको तीज गीत प्रज्ञा-प्रतिष्ठानमा कार्यरत महिला कर्मचारीहरू गायत्री सिग्देल ,सविना ज्ञवाली, मीना आचार्य, दुर्गा शर्मा, लक्ष्मी ज्ञवाली, रीता दाहाल, राधिका अधिकारी, हीरा कटुवाल, विना पराजुली र कल्पना भण्डारीलगायतले प्रस्तुत गर्नुभएको थियो।
आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष महेश्वर थापा मगरको
अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । तीज पर्वलाई भड्किलो नबनाई असल संस्कृतिको रूपमा अघि बढाउन अध्यक्ष मगरले जोड दिनुभएको थियो ।
आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष किरणकुमार अधिकारीले स्वागत मनतव्य र कार्यक्रमको उद्घोषण आधिकारिक ट्रेड युनियनका सचिव झनप्रसाद अधिकारीले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।