डा. पुरण राईलाई खोटाङमा सम्मान गरिएको छ । उनी पढेको श्री चम्पावती माध्यमिक विद्यालय, बुइपा खोटाङले उनले नेपाली विषयमा आप्रवासी कवितामा अलङ्कारविधान शीर्षकमा विद्यावारिधि गरी विद्यालयकाे शिर उच्च बनाएकाले ६९ औं वार्षिक उत्सवका अवसरमा डा. राईलाई सम्मान गरेको हो ।

डा. राईले चम्मावती मा. वि.मा अक्षर आरम्भ गरी सोही विद्यलय तहको शिक्षा पूरा गरेका थिए । उनलाई कार्यक्रमका सभाध्यक्ष देवविक्रम राई तथा प्रमुख अतिथि दिनेश राई र प्रधानाध्यपक खगेन्द्र राईले सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका छन् । सोही अवसरमा डा. राईको विद्यावारिधिका शोधपत्र डा. राईकी आमा मौलशोभा राईले प्रधानाध्यपक खगेन्द्र राईलाई हस्तानरण गरिन् भने डा. राईले आफ्ना एक साथ प्रकाशित ५ पुस्तकहरू कार्यक्रमका सभाध्यक्ष देवविक्रम राईलाई हस्तानतरण गरे ।

सम्मानित डा. पुरण राईलाईले आफ्नो मन्तव्य राख्ने क्रममा ८८४८ रुपैयाँको मुगासेर मौलशोभा उत्कृष्ट छोरी पुरस्कार पनि घोषणा गरेका छन् । उनले मेरो विद्यावारिधि गर्ने ज्ञान र शिक्षाको जग र पथ यही चम्पावती माध्यमिक विद्यालय, बुइपामा असल र कुशल गुरुहरुबाट भएको भन्दै सबै गुरु तथा गुरु आमाहरुको नाम उल्लेख गरे ।

पुरस्कारको नामाकरण स्वर्गीय आपा मुगासेर र मौलशोभा राईका नामबाट गरिएको तथा पुरस्कारको स्थापना आपा र आमाको सम्मान र सम्झनामा गरिएको र उक्त पुरस्कार एस. ई. ई.मा उत्कृष्ट हुने छोरीलाई समर्पण गरिने भन्दै डा. राईले घोषणा गरेका हुन् ।

प्रत्येक वर्ष प्रदान गरिने यस पुरस्कारका लागि ३ वर्षभित्र एक लाख रुपैया बढीको अक्षय कोष निर्माण गरिने भन्दै डा. राईले घोषणाकै क्रममा अक्षय कोषका लागि ३३,६६६ रुपैयाँ नगदसहित मुगासेर मौलशोभा उत्कृष्ट छोरी पुरस्कार घोषणा, प्रतिबद्धता तथा हस्तान्तरण पत्र विद्यालयका प्रधानाध्यपक खगेन्द्र राईलाई हस्तानरण गरे ।