कैलाली : जुझारु युवा पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित ‘द्वन्द्व पत्रकारिताको एक दशक’ नामक पुस्तकबारे प्रेस क्लब धनगढीमा लेखकसँग संवाद कार्यक्रम सम्पन्न भएको छ ।

सुदूरपश्चिमको धनगढीबाट अढाई दशकदेखि नेपाली पत्रकारितामा सक्रिय जुझारु युवा पत्रकार उपाध्यायद्वारा लिखित ‘द्वन्द्व पत्रकारिताको एक दशक’ नामक पुस्तक गत सात विमोचन भएको थिए ।

पञ्चायत पुस्तापछिका उपाध्याय त्यसपछि राज्य सञ्चालनमा देखा परेका अधिक उतारचढावमा सशक्त पत्रकारिता गर्दै आइरहेका व्यक्ति हुन् । त्यही सशक्त पत्रकारिताकै क्रममा उनले एउटा सक्रिय संवाददाताका रूपमा सशस्त्र द्वन्द्वको पूरै अवधिमा देखेभेगेका क्षणहरूलाई समेटेर नेपाली पत्रकारितामा नयाँ आयाम दिने उद्देश्य सहित सो पुस्तकको जन्म भएको उपाध्यायले जनाएका छन् ।

पुस्तकले सिगो सुदुरपश्चिममाका मात्र नभई सिङ्गो नेपाली पत्रकारिताको इतिहासको रूपमा रहने उपाध्यायले जनाएका छन् ।

मुलुकमा भएको १० वर्षे माओवादी द्वन्द्वको साक्षी र इतिहासका रूपमा रहेको पुस्तकमा घटनाको तिथि, मिति, स्थान, संलग्न व्यक्ति र भोगाइबारे सबिस्तार समेटिएको छ । सङ्गम बुक्स पब्लिकेसन प्रालिद्वारा प्रकाशित १५४ पृष्ठको रहेको छ ।