काठमाडौं । लेखक भीमलाल सापकोटाको उपन्यास ‘धरौट’ काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार श्यामलले किताबले १० वर्षे द्वन्द्वको कथा उजागर गरको बताए । ‘किताबले द्वन्द्वको घाउ बोलेको छ’, उनले भने, ‘मान्छेहरूको उसबेलाको तनाव किताबको विषय बनेको छ ।’

बाल साहित्यकार तथा इटर्नल पब्लिकेसन्सका प्रबन्ध निर्देशक यमुना पराजुलीको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा लेखक भीमलाल सापकोटाको संक्षिप्त परिचय कवि असीम सागरले दिएका थिए । कार्यक्रममा वक्ताहरूमा लेखक तथा पत्रकार श्रीश भण्डारी र साहित्यकार भारती न्यौपानेले किताबबारे आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा कवि प्रोल्लास सिन्धुलीय, मणि लोहनी, सञ्जीव राई, चन्द्र रानाँहछा, प्रकाश रम्घाली, विद्याप्रसाद घिमिरे, अञ्जना ईछमफूल, राधिका कल्पित, देवव्रत, रसिकराज लगायत साहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।

उपन्यासमा तत्कालीन दशवर्षे जनयुद्धको त्रासद वर्णन र बाहिर नआएका कतिपय वैदेशिक रोजगारका भित्री कथाहरू छन् । १६८ पृष्ठ रहेको उपन्यासलाई इटर्नल पब्लिकेशनले प्रकाशन गरेको हो ।