साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अनेसासको “अन्तर्दृष्टि”ले पूर्णता पायो

Chovar Blues Mobile Size
सुरेन्द्र अस्तफल

साहित्यपोस्ट

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रकाशन “अन्तर्दृष्टि” पत्रिकाको सम्पादन समूहले पूर्णता पाएको छ ।

“अन्तर्दृष्टि”को कार्यकारी सम्पादकमा सुरेन्द्र अस्तफल (नेपाल) मनोनित भएका छन् । यसअघि पनि उन‍ले अन्तर्दृष्टिमा कार्यकारी सम्पादकको भूमिका निर्वाह गरिसकेका छन् । यसैगरी सम्पादक मण्डलमा दीपेन्द्र केसी ( बेल्जियम), दीपा राई पुन (अमेरिका), अर्जुन श्री (पोर्चुगल), विनोद परिवर्तित ( कोरिया), प्रकाश सापकोटा (डेनमार्क), सुमन वर्षा (नेपाल), प्रेमप्रसाद भट्टराई (कतार), हरि अधिकारी (अष्ट्रेलिया) , आविष्कार भारती ( अमेरिका) र चन्द्रप्रकाश गिरी ( भारत) रहेका छन् ।

यसअघि नै प्रकाशनको प्रधान सम्पादकमा बेलुकाजी थापा मनोनित भइसकेका छन् ।

समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

sagarmani mobile size

प्रतिक्रिया
Loading...