विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) ले ‘साहित्यदूत मनास्लु’ सम्मान विश्वप्रेम अधिकारीलाई प्रदान गर्ने भएको छ । विनेसामको तीन वर्षे कार्यकालमा एकपटक प्रदान गरिने यो सम्मान अधिकारीलाई प्रदान गरिने जानकारी सङ्घका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले एक विज्ञप्ति जारी गर्दै दिएका हुन् ।

पुतली बजार नगरपालिका प्रज्ञा–प्रतिष्ठान, स्याङ्जाका कुलपति रहेका अधिकारीलाई नेपाली भाषा साहित्यमा पुर्याएको उच्च योगदानको कदर स्वरूप यो सम्मान प्रदान गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

आगामी कात्तिक १० र ११ गते काठमाडौंमा हुने विश्व साहित्य सम्मेलनमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा यो सम्मान अधिकारीलाई समर्पण गरिनेछ ।