दार्जिलिङका कवि राजा पुनियानीलाई यस वर्षको दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार प्रदान गरिने भएको छ ।
नेम्वाङ स्मृति प्रतिष्ठानाका अध्यक्ष नन्दहाङ नेम्वाङले प्रेस विज्ञप्ति जारी गर्दै सीमापारिका नेपालीभाषी साहित्यकार पुनियानीलाई पुरस्कार प्रदान गर्न लागिएको जनाएका हुन् ।
पुनियानीका ‘अर्को लस्कर’ र ‘तङसिङ’ कविता कृति प्रकाशित छन् । ३० हजार रुपैयाँ राशीको यो पुरस्कार आगामी भदौ १४ मा झापाको बिर्तामोडमा वितरण गरिने कार्यक्रम छ ।
सीमापारिका सर्जकलाई पहिलोपटक यो पुरस्कार प्रदान गर्न लागिएको हो । राजनीतिज्ञ, समाजसेवी एवं साहित्यकार नेम्वाङको स्मृतिमा स्थापित यो पुरस्कारबाट यसअघि कवि प्रकाश थाम्सुहाङ, साहित्यकार कृष्ण बराल र लेखक उपेन्द्र सुब्बा पुरस्कृत भइसकेका छन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला