साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

गजल र गायन विशेष प्रवासी प्रवाहको सत्रौँ शृंखला

Chovar Blues Mobile Size

साहित्यपोस्ट

गैरआवसीय नेपाली संघ; भाषा ,साहित्य संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिद्वारा सञ्चालित साप्ताहिक अनलाइन कार्यक्रम ” प्रवासी प्रवाह”को सत्रौँ शृंखला सम्पन्न भएको छ । कार्यक्रमको सत्रौँ शृंङ्खला गजल र गायन विशेष रहेको थियो ।

विश्वमा छरिएर रहेका सम्पूर्ण नेपाली भाषीहरूलाई प्रवासी प्रवाह कार्यक्रममा सहभागी गराएर उनीहरूका सिर्जनाहरूलाई प्रवाहित गर्नु यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ । त्यसै उदेश्यअनुरुप विश्वका विभिन्न देशमा रहेर साहित्य सिर्जना गर्ने साहित्यकारहरूका सिर्जनासँग साक्षात्कार गराइरहेको हो ।

यस गजल र गायन विशेष शृंखलामा नेपालबाट १०० भन्दा बढी गीत रेकर्ड गराइसकेका गीत तथा गजलकार करुण थापाको उपस्थिति रहेको थियो । “जहाँ नेपाली पुगेका छन् त्यहाँ नेपाली गजल पनि पुगेको छ ।”, उनले कार्यक्रममा बोल्दै भने, “गजल जसरी लेखे पनि यसको असली पहिचान बहरमा नै हुनेगर्छ । त्यसैले जसरी लेख्न सकिन्छ लेखौँ । र लेख्दै जाँदा त्यसलाई बहरमा ढाल्ने कोसिस पनि गरौँ ।”

थापाले कार्यक्रममा आफ्ना केही गजलसमेत सुनाएका थिए ।

sagarmani mobile size

आफ्ना गजल सुनाउने क्रममा ओमानबाट सुशील बिरहीले भने, “ओमानमा हामी पच्चीस हजार हाराहारीमा नेपाली रहेका छौँ । हामीबीच निरन्तर साहित्यिक कार्यक्रम र अन्तर्क्रिया भइरहने गरेको छ ।”

नेपालबाट चर्चित गजल गायक राज सागरले करुण थापा ,शीतल कादम्बिनी लगायतका केही गजल गायनमार्फत् सुनाएको कार्यक्रममा क्यानडाबाट अनिल थापा र जापानबाट अमरदेव बास्तोलाले तरनुममा केही थान आफ्ना गजल वाचन गरेका थिए।

कार्यक्रम प्रस्तुतामा नेपालबाट भगवती बस्नेत र बेलायतबाट गौतम नृपेश उप्रेति रहेका थिए ।

प्रवासी प्रवाह अनलाइन कार्यकमले विभिन्न देशका गतिविधि र साहित्य सिर्जना सुन्नको लागि आईतबार बेलुका, नेपाली समयअनुसार ८ बजे उपस्थित हुन सम्पूर्ण साहित्यानुरागीमा अनुरोध गरेका छन् ।

तल प्रस्तुत फेसबुक लिंकमा गएर प्रवासी प्रवाहका शृंखलाहरू सुन्न सक्नुहुनेछः

https://www.facebook.com/nrnabhashasahitya.samiti.3

 

प्रतिक्रिया
Loading...