
गोवर्द्धन पूजा
साहित्यपोस्ट
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को प्रवक्तामा गोवर्द्धन पूजा मनोनित भएका छन् । संस्थाकै वरिष्ठ उपाध्यक्ष रहेका पूजालाई कार्यसमितिको निर्णयले संस्थाको प्रवक्ता तोकेको हो ।
अनेसासको विधान अनुरूप एक जना प्रवक्ता मनोनयन गर्ने प्रावधान रहेको छ | समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो |
मनोनित प्रवक्ता पूजा साहित्य र पत्रकारिताको क्षेत्रमा चिरपरिचित नाम हो | ‘अन्नपूर्ण पोस्ट’को वरिष्ठ उपसम्पादकका रूपका करिब दश वर्षको अनुभव सङ्गालेका पूजाले त्यसअघि ‘हिन्दू’, ‘कालान्तर’, ‘दिव्यदर्शन’, ‘मधूरस’, ‘राष्ट्रशक्ति’, ‘श्रीदेउराली’लगायतका पत्रिकाको विभिन्न पदमा रहेर काम गरेका थिए |
दश वर्ष अघिबाट अमेरिकामा बसोबास गर्न थालेका पूजा प्रारम्भदेखि नै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसँग आबद्ध छन् । अनेसासको महासचिवमा दुई कार्यकाल बिताएका पूजा हाल वरिष्ठ उपाध्यक्षका रूपमा कार्यरत छन् |
नेपाली र भूगोल विषयमा एम.ए. गरेका पूजाका १० ओटा साहित्यिक कृति प्रकाशित छन् |
मनोनित प्रवक्ताको कार्यकाल दुई वर्षको रहने छ |



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

