कवि आर्यशको पहिलो कवितासङ्ग्रह ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’ प्रकाशनमा आएको छ । एक दशकदेखि कविता लेखनमा सक्रिय पछिल्लो समयका सशक्त कवि आर्यशको कवितासङ्ग्र बजारमा आएको हो ।
आर्यशका कविताहरूमा उदासीनता, कलात्मक विद्रोह चेत, कोमलता, सिर्जनशील अराजकतालगायत विविधता पाइन्छ ।
आर्यशका कविता सामाजिक सञ्जालमा निकै रुचाइने गर्छन् । बेलामौका विभिन्न पत्रपत्रिकामा समेत उनका कविताहरू प्रकाशन हुँदै आएका छन् ।
कुल ५८ थान कविता रहेको ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’लाई इन्डिगो-इन्क बुक्स काठमाडौंले साउनको अन्तिम साताबाट बजारमा ल्याएको हो ।
१ सय ४ पृष्ठ रहेको कवितासंग्रहको मूल्य ३ सय रुपैयाँ रहेको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
जनक कार्की
श्रावण ३०, मंगलवार २०:०१