पाचाैँ टुक्का कविता वार्षिकाेत्सवकाे अवसरमा टुक्का साहित्य समाजकाे आयाेजनामा गुगल मिटमार्फत भएकाे तेस्राे महाधिवेशनले ताराप्रसाद चापागाईँको अध्यक्षतामा नयाँ कार्यसमितिका पदाधिकारीहरू सर्वसम्मत चयन गरेकाे छ ।

समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईँकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त अधिवेशनमा प्रमुख अतिथि डा.देवी पन्थी, विशिष्ट अतिथीहरू रामशरण न्याैपाने, जनार्दन अधिकारी धड्कन र राजेशराज गड्ताैला, विशेष अतिथिहरू हन्नाह छेत्री, बि.के मुखिया तथा साहित्यकारहरू माेति सुब्बा, दीपा गुरुङ, पुष्पा सुवेदी, भगवती दवाडी, राजकुमार राजभण्डारी, भेषकुमारी लामिछाने, ममता भण्डारी, ठुक्का साहित्य समाजका पदाधिकारीहरूलगायत करिब तीन दर्जन साहित्यकारहरूकाे उपस्थिति रहेकाे थियाे ।

टुक्का साहित्य समाजका महासचिव चूडा निर्भिकले सञ्चालन गर्नुभएकाे उक्त कार्यक्रममा समाजकाे सदस्य शाेभा आचार्यले स्वागत मन्तव्य, सभाध्यक्ष ताराप्रसाद चापागाईँले टुक्का कविता र टुक्का साहित्य समाज बारेमा मन्तव्य, काेषाध्यक्ष रचना शर्मा प्रतिक्षाले संस्थाकाे आर्थिक प्रतिवेदन, महासचिव चूडा निर्भिकले संस्थाकाे प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियो । रामशरण न्याैपानेकाे अध्यक्षतामा ३ सदस्यीय निर्वाचन कमिटी गठन गरेपश्चात् २ वर्ष कार्यकाल पूरा भएकाे कार्यसमिति भङ्ग गरिएकाे थियाे । तत्पश्चात निर्वाचन कमिटिकाे सहयाेगमा अधिवेशनले ताराप्रसाद चापागाईँकाे अध्यक्षतामा नयाँ कार्यसमिति मनाेनयन गरेकाे थियाे ।

उक्त कार्य समितिका सधै पदाधिकारीहरू निर्विराेध निर्वाचित भएका थिए । नयाँ निर्वाचित कार्यसमितिमा अध्यक्ष ताराप्रसाद चापागाईँ, उपाध्यक्ष वसन्त अनुभव, महासचिव चूडा निर्भिक, सचिव जमुना आचार्य, काेषाध्यक्ष हाेमप्रसाद नेउपाने र सदस्यहरूमा, बेदु न्याैपाने, शाेभा आचार्य, रामप्रसाद पुरी, पुष्पा राई, अच्युत घिमिरे, सुस्मिता अधिकारी रहनुभएको छ ।

अधिवेशनले समाजकाे संस्थापक काेषाध्यक्ष रचना शर्मा प्रतीक्षालाई ससम्मान बिदाई गर्दै नयाँ कार्यसमितिका पदाधिकारीहरूले पदभार तथा सपथ ग्रहण गरेका थियाे ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि डा. देवी पन्थीले हामीले हरेक कुरा आयात मात्र गर्नुभन्दा नेपाली भाषा साहित्यमा नै शुरुवात भएका टुक्का कविता, उदक, चारु, बाछिटा, खाेरिया, पञ्चाङ्ग, झिल्का, घुँगेत्राे जस्ता विधाहरूमा कलम चलाउँदै यसकाे विकास विस्तार गर्दै विश्वव्यापी बनाउनु पर्ने कुरामा जाेड दिनुभएकाे थियाे ।

नेपाली समय साँझ ५ बजे देखि राति ८:३० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा वसन्त अनुभव, रामशरण न्याैपाने, रचना शर्मा प्रतीक्षा, दीपा गुरुङ, भगवती दवाडी, सुस्मिता अधिकारी, राम प्रसाद पुरी, अच्युत घिमिरे, हन्नाह छेत्री, भेष कुमारी लामीछाने, पुष्पा राई, शाेभा आचार्य, ममता भण्डारी, जमुना आचार्य, बि के मुखिया लगायतका टुक्काकारहरूले टुक्का कविताहरू वाचन गर्नुभएकाे थियाे ।