काठामाडाैं । नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा एक स्रष्टाका २ कृति विमोचित भएका छन् । मञ्जरी पब्लिकेसन प्रा.लि.बाट प्रकाशित ताप्लेजुङका सर्जक चन्द्र मादेन आन्छनको कथासङ्ग्रह “आन्छनका कथाहरू ” र गीत सङ्ग्रह “माधुर्य सुशील तिम्रो बोली” गीतसङ्ग्रह एकैसाथ लोकार्पित भएको हो ।
गीत सङ्ग्रहलाई खोटाङका नवीन राईले एरेन्ज र सङ्गीतबद्ध गर्नुभएको छ भने राजेश पायल राईले गाउनुभएको छ ।
कार्यक्रमलाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले दीप प्रज्ज्वलन गरी समुद्घाटन गर्नुभएको थियो ।
मनोहरा साहित्य समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव भावकेशर बरालले गर्नुभयो । अध्यक्षता मनोहराका अध्यक्ष डिल्लीराज अर्यालले गर्नुभयो भने स्वागत मन्तव्य समाजका उपाध्यक्ष जसध्वज गुरुङले गर्नुभएको थियो ।
प्रमुख अतिथि राईले स्विच अन गरी नयाँ गीतको लोकार्पणपछि आमन्त्रित हरूमा विशिष्ट अथिति वरिष्ठ साहित्यकारहरू डा. तुलसी भट्टराई, राजेश्वर थापा, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपी कृष्ण प्रसाई, सविंधान सभाका सदस्य एवं नेकपा माओवादी जेष्ठ नागरिक समितिका अध्यक्ष नन्दकुमार प्रसाई, पाथिभरा क्षेत्र विकास समिति र भानु माविका पूर्व अध्यक्ष डिल्लीजंग मादेन, चर्चित लेखक प्रगति राई र लेखक आन्छनद्वारा नयां पुस्तकको सयुक्त लोकार्पण भएको थियो ।
कार्यक्रममा १ न. प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई, पूर्व राज्य मन्त्री विष्णु तुम्वाहाहाम्फे, पूर्व प्रतिनिधि सभासद यज्ञराज सुनुवार, नागरिक समाजका अध्यक्ष एवं पूर्व विराटनगर नगरप्रमुख ध्रुवनारायण श्रेष्ठ, वकिल समूह लाहुर्निपका अध्यक्ष दिनेश घले, प्रा.डा. विनोद मन्जन, नेपाल टेलिभिजनका समाचार प्रमुख बद्रीकाजी गुरुङ, राष्ट्र सेवक एवं पूर्व न्यायाधीश राजेन्द्र श्रेष्ठ, वकिल एवं शिक्षावीद तुलाराम गुरुङ आदि विभिन्न साहित्यकार समाजसेवी, पत्रकारहरूलाई यथास्थानमा आसन ग्रहण गराईपछि सामूहिक राष्ट्र गीत गाइएको थियो ।
“आन्छनको कथाहरू” माथि समीक्षामक टिप्पणी गर्दै डा. तुलसी भट्टराईले देशको माया नगर्नेहरूले, पैसा र पहुँचको धाक दिनेहरूले, समाज सकारात्मक दिशातिर कसरी जाने भन्नका लागि कति प्रेरणादायक वाक्यहरूको लागि यो कृति पढ्नै पर्छ भन्नुभयो ।
अर्का समीक्षक प्रगति राईले कथामा पात्रको भूमिका धेरै नराखे तापनि सललल बगेको पढ्दै जाँदा ‘अब के हुन्छहोला ?’ भन्ने कौतुहल रहस्यमय पाठकलाई लाग्ने बताउनुभयो । अहिले नै हाम्रो समाजमा भैरहेको घट्नाहरूलाई जीवन्त पारी कति ठाँउ रोमान्टिक र रमाइलो छ भने कुनै कुनै कथाचाहिं स्वयं लेखकले नलेखी अर्कै सर्जकको कथा हो कि भन्ने लाग्नु कथाकारको खुबी भएको बताउनुभयो ।
कार्यक्रमलाई कवितामा समेत अंशबद्ध गर्न मनोहरा साहित्य समाजका कार्यसमितिका सदस्य सम्पत् काफ्लेले “मेरो देश” शीर्षकमा अनुष्टुप् छन्दको कविता वाचन गर्नुभएको थियो ।
मनोहरा साहित्य समाजको यो अतिरिक्त कार्यक्रमको विधिवत् समापन गर्दै अध्यक्ष डिल्लीराज अर्यालले मनोहरा साहित्य समाजको संक्षिप्त परिचय प्रस्तुत गर्नुका साथै संस्थाका केही प्रगति गतिविधिमाथि प्रकाश समेत पार्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।