साहित्यपोस्ट

लेखन कसरी उद्योग बन्न सक्छ ? विषयक एक कार्यक्रम सम्पन्न भएको छ । लेखक कर्ण शाक्यले चलाएको “कर्ण सकरात्मक काेष” समूहलको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

यस समूहले प्रत्येक हप्ता कोरनामय समयलाई उर्जावान बनाउन विभिन्न क्षेत्रका उद्यमिलाई लिएर अन्तक्रिया चलालाउँदै आइरहेको छ । यसै काय्रकमको नयाँ सिलसिला उद्योग अक्षरको सम्पन्न भएको हो ।

कार्यक्रमका मुख्य वक्ता कमल ढकालले आफूले नेपालमा घोष्ट राइटिङ नेपाल चलाइरहेको र त्यसले एक सयभन्दा बढीको पुस्तक प्रकाशन गरिसकेको र चार सयभन्दा बढी पुस्तकको तयार भइरहेको जानकारी दिए ।

ढकालले नेपालमा असङ्ख्य लेखनको सम्भावना रहेको र हरेक मान्छे नलेखिएको पुस्तक भएको बताए । उनले भने, “हामीसँग दरबार हत्याकान्ड, मोओवादी द्वन्द, भुकम्प, दाइजो, बोक्सीका घटनाले कति मान्छे मरेका छन् । यी सबै कथा हुन् र बाँचेका कथा झन् कति छन् कति ।”

पूर्व गर्भनर तथा सचिव दीपेन्द्र पुरुष ढकालले नेपालमा अटो बायोग्राफी, बायोग्राफीमा लुकाउने र आत्मप्रशंसा हुने गरेकोबारे चर्चा गर्नु गरेका थिए थियो ।

कार्यक्रममा सहभागी गुराँस वन, बिक्रम न्यौपाने, मानबहादुर बुढा, लक्ष्मी सापकोटा, पवित्रा दाहाललगायतले आफ्नो सुझाव र प्रश्न राखेका थिए ।

कार्यक्रमको सन्चालक प्रविण शाक्यले गरेका थिए भने समापन कर्ण शाक्यले गरेका थिए ।