राजेन्द्र सुवेदीको ८२ औं जन्मजयन्तीका अवसरमा जमलस्थित नाचघरमा आयोजित एक कार्यक्रमका बीच विभिन्न पुरस्कार प्रदान गरिएको छ ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रमुख अतिथ्यतामा ‘राजेन्द्र सुवेदी साहित्य पुरस्कार’ प्राडा. दयाराम श्रेष्ठ सम्भवलाई र ‘राजेन्द्र सुवेदी कला पुरस्कार’ नृत्यलिपी प्रणेता नृत्यगुरु भैरवबहादुर थापालाई प्रदान गरिएको हो ।

कार्यक्रममा झलनाथ खनालले पुरस्कृत स्रष्टाद्वयलाई नगद २१ हजारका साथमा दोसल्ला ओढाएर सम्मानपत्र समर्पण गरेका थिए भने डा. रमेश शुभेच्छुकले राजेन्द्र सुवेदीको व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए ।

कोभिड १९ को महामारी २०७८ मा सर्जक कलाकारहरूको निधन भएको थियो । त्यही लहरमा राजेन्द्र सुवेदी पनि पर्नु भएको थियो ।
साउन १९ समालोचक आख्यानकार प्राध्यापक राजेन्द्र सुवेदीको जन्मजयन्ती हो। राजेन्द्र सुवेदी स्मृति समाजले आजको कार्यक्रमको आयोजना गरेको हो।