कविशिरोमणि लेखनाथ पौड्याल, सिर्जनाका बहुआयामिक व्यक्तित्व बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापित “लेबाल त्रिरत्न पुरस्कार” शिक्षाविद् तथा शैक्षिक अनुसन्धाता प्रा.डा. विद्यानाथ कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली शिक्षा परिषद्का अध्यक्ष श्री रमा शर्माको सभापतित्वमा मिति २०८१ साउन १२ गते बसेको प्रबन्ध समितिको बैठकले सो निर्णय गरेको हो ।

पुरस्कार परिषद्को ७४ औँ वार्षिकोत्सव तथा संस्थापक गोपाल पाँडे असीमको ११२ औँ जयन्तीका अवसरमा यही साउन ३२ गते प्रदान गरिनेछ । पुरस्कारको राशि रु.१,०१,१०१/– (एक लाख एक हजार एक सय एक) रहेको छ ।