अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र एएनएको संयुक्त आयोजनामा आयोजित कविता महोत्सव- २०२४ सम्पन्न भएको छ । अमेरिकाको सन् फ्रान्सिस्कोमा सहरमा एएनएको ४२ औँ सम्मेलनका आवसरमा आयोजित उक्त कार्यक्रममा बिभिन्न कविहरूले कविता वाचन गरेका थिए ।

अनेसास नर्दर्न क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष गीता बजगाईको संयोजकत्वमा आयोजित साहित्यिक कार्यक्रममा प्रतियोगी कविहरू मध्येका जमुना भट्टराई(सन् फ्रान्सिस्को) प्रथम, प्रकाश पाण्डे ( लस एञ्जलस) द्वितीय र उमा शर्मा नर्थ क्यारोलिना) तृतीय भए ।

पुरस्कृत कविहरूलाई रोहिणी शर्मा , तीर्थराज पाण्डे र डन कार्कीद्वारा प्रायोजित क्रमशः ५ सय,  ३ सय र २ सय नगद र प्रमाण- पत्रले सम्मानित गरिएको थियो ।

अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा आयोजित कार्यक्रममा अनेसास बीओटी सभापति पदम विश्वकर्मा, अनेसासका नवनिर्वाचित अध्यक्ष सर्वज्ञ वाग्ले, एएनए अध्यक्ष खगेन्द्र अधिकारी, अनेसासका पूर्व अध्यक्ष मोहन सिटौला, उपाध्यक्ष क्रान्ति भण्डारी, अनेसास बीओटी सदस्य धर्मराज कोइराला, अनेसास नर्दर्न क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष  ध्रुव थापा, अनेसास नर्दर्न क्यालिफोर्निया च्याप्टरकी उपाध्यक्ष रीतादेवी प्रधानलगायतले मन्तव्य व्यक्त हरेका थिए ।

भारती गौतम, नीलम कार्की निहारिका र धर्मराज कोइराला निर्णायक रहेको उक्त प्रतियोगीतामा प्रतियोगी कविहरू बालकुमारी घिमिरे , क्यालिफोर्निया, जमुना भट्टराई, क्यालिफोर्निया, पुष्पराज पौडेल ; कोलोराडो, नारायण भट्टराई , क्यालिफोर्निया, उमा शर्मा , नर्थ क्योलिना, प्रकाश पाण्डे, क्यालिफोर्नियाका कविता वाचन गरिएका थिए भने डा. टीका लम्साल, बाबु आचार्य, प्रमोद अमात्य, कविन्द्र सिटौलालगायतले अप्रतियोगी कविता वाचन गरेका थिए ।