हेटौँडामा रहेको ठिकठिक खाजा घरमा मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले आफ्नो ३०५ औँ नियमित शृङ्खला अन्तर्गत झरीमा कविता शृङ्खला गरेको छ ।

संस्थाको संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीको आतिथ्यतामा भएको सो कार्यक्रममा बोल्नुहुदै उहाँले यस संस्थाले हरेक परिस्थितिमा पनि नियमित कार्यक्रम गर्न नछोडेको सम्झनुहुदै यसरी कार्यक्रमहरू हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबि बर्तौला, (झसाप) मकवापुरका निवर्तमान अध्यक्ष दीपक गौतम, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिना, सचिव सुवास सजल, लघुकथा साहित्य चौतारी मकवानपुरका संयोजक किशन पौडेल, कथाकार समिर पाख्रिन, कवि सुबास खनाल,  साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनाललगायतले रचना वाचन गर्नुभएको थियो ।

झसाप मकवापुरले साहित्यिक महोत्सव, काव्य प्रशिक्षण, विभिन्न पुस्तकहरुको परिचर्चादेखि नियमित रुपमा साहित्यिक अर्धबार्षिक पत्रिका झरना प्रकाशनको कामसमेत गर्दै आइरहेको छ ।

झसाप मकवापुरका अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण (झसाप) मकवापुरका उपाध्यक्ष चिरञ्जीवि लामिछानेले गर्नुभएको थियो ।