विनेसामको १५ औँ स्थापना दिवस तथा भानुजयन्ती भव्य भर्चुअल कार्यक्रममा सम्पन्न भएको छ । विश्वका विभिन्न देशका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमका अधिकांश वक्ताहरूले भानुभक्तको योगदानको प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली साहित्यका सुदूर साधक शिखर व्यक्तित्व ६६ वर्षदेखि लगातार रूपमा त्रिभुवन विश्वविद्यालयमा बसाइँ उपन्यासमार्फत पढिँदै आउनु भएका पद्मश्री लीलबहादुर क्षत्री प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । वहाँले आफ्नो मन्तव्यमा विश्व नेपाली साहित्य महासङ्घको साहित्यिक कार्यको प्रशंसा गर्दै भारतमा भानुजयन्ती मनाउने परम्परा स्थापित गर्नमा आफ्नो पनि महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्नु भयो ।

कार्यक्रममा विभिन्न विश्वविद्यालयका कुलपति, उपकुलपति, विभाग प्रमुख, प्राध्यापकहरू, विभिन्न देशका महामहिम राजदूतहरू, कुटनीतिक नियोगका पदाधिकारीहरू, साहित्यिक हस्तीहरूलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

महत्त्वपूर्ण मन्तव्य र दर्जन बढी सृजनाहरू प्रस्तुत भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिहरूमा प्रा.डा. गङ्गाप्रसाद प्रसाईँ (कुलपति, त्रिपुरा विश्वविद्यालय, भारत), प्रा.डा. यादवप्रकाश लामिछाने (उपकुलपति, नेपाल संस्कृत विश्वविद्यालय, दाङ), डा. शंकरदेव ढकाल (अध्यक्ष भारतीय साहित्य एकाडेमी परामर्श समिति), रसियाका राजदूत मीलनराज तुलाधर, म्यान्मारका राजदूत हरिशचन्द्र घिमिरे, पूर्वराजदूत भीम उदास, प्रा.डा. भीम खतिवडा, प्रा.डा. गोविन्दराज भट्टराईलगायतको उपस्थिति थियो ।

त्यस्तै, प्रा.डा. दिवाकर प्रधान, प्रा.डा. भरत भट्टराई, प्रा.डा. मेघनाथ क्षेत्री, प्रा.डा. गोविन्दमान सिंह कार्की, प्रा.डा. शैलेन्दुप्रकाश नेपाल,प्रा.डा. राजकुमार क्षेत्री, प्रा.डा. कृष्णप्रसाद धिमिरे, प्रा.डा. नलीन रञ्जन सिंह, प्रा.डा. प्रविन कार्की, गौराङ्गा विश्वविद्यालय, प्राज्ञ सनतकुमार रेग्मी, प्राज्ञ कविता आले, प्राज्ञ महानन्द ढकाल, प्राज्ञ शशीराम कार्की, प्राज्ञ हरिप्रसाद तिमल्सिनालगायत लेखक, साहित्यकार तथा समालोचकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

महासङ्घको वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य देविका मंग्राती राईले सिलिगुडी भारतबाट गर्नु भएको थियो । प्रविधिमा महासङ्घका उपाध्यक्ष डेन्जोम साम्पाङ अमेरिका र सचिव डा. मनमूर्ति भुर्तेल रसिया रहनु भएको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आफ्नो सारगर्भित मन्तव्य र सृजनाका साथ कार्यक्रमको सभापति तथा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको समापन गर्नु भएको थियो ।