आनन्दआश्रम ज्ञान केन्द्रको आयोजनामा फापरथुम स्याङ्जामा २१२औँ भानुजयन्ती समारोह सम्पन्न भयो । प्रमुख अतिथि जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जि.टी. हुनु हुन्थ्यो ।
अन्य विशिष्ट अतिथिहरूमा लघुकथा समाज नेपालका उपाध्यक्ष तथा गोरखापत्र दैनिकका सम्पादक आदरणीय तुलसीहरि कोइराला‚ नारी श्रष्ठा समाज नेपालका अध्यक्ष तथा गोरखा पत्र दैनिकका प्रुफरिडर ममता मृदुल‚ विश्वनेपाली साहित्य महासंघ ललितपुर नेपालका अध्यक्ष तथा अन्तरराष्ट्रिय नेपाली कलाकार समाजका संरक्षक नीता श्रेष्ठ‚ नारी श्रष्ठा समाज नेपालका सचिव विन्दु अधिकारी ढकाल‚ नारी श्रष्ठा समाज नेपालका सदस्य रञ्जना पराजुली लमसाल र धोविघाट‚ ललितपुरका प्रतिष्ठित साहित्यकार विक्रम भक्त जोशी हुनु हुन्थ्यो ।
आनन्दआश्रम ज्ञान केन्द्रका अध्यक्ष ई.ओम नारायण शर्माको सभापतित्त्वमा सम्पन्न उक्त समारोहमा उपाध्यक्ष दिप्तिनारायण शर्माले उपस्थित सम्पूर्ण साहित्यानुरागीहरूको शब्दद्वारा स्वागत गर्नु भएको थियो । संस्थापक संरक्षक त्रिलोचन ढकालको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्रीप्रसाद जिटी र विशिष्ट अतिथि तुलसीहरि कोइरालाले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको श्रीबृद्धिको निम्ति दिएको योगदानको चर्चा गर्नु भएको थियो ।
विशिष्ट अतिथिहरू‚ संस्थापक संरक्षक‚ प्रा.डा.यमबहादुर पौडेल क्षेत्री‚ आँधीखोला गापा ६ का अध्यक्ष नविन ढकाल‚ लेखक घलबहादुर पौडेल क्षेत्री‚ लेखक भागीरथ सापकोटा‚ युवराज ढकालहरूले भानुभक्त आचार्यको स्मरणमा शुभकामना दिनुका साथ विभिन्न रचनाहरू सुनाउनु भएको थियो । प्रद्युम्न पनेरु माविका शीखा सुनार‚ श्रीसरस्वती मन्दिर माविका सचिन जिटी र गण्डकी बोर्डिङ् स्कूलका रिदम ढकाल विद्यार्थीहरूले भानुभक्तको सम्झनामा कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रममा मनसुनी विध्वंशक बाढीप हिरोको सामना गर्दै दुई दिनको यात्रा गरी आनन्दआश्रममा उपस्थित हुनु भएका तुलसीहरि कोइराला‚ ममता मृदुल‚ विन्दु अधिकारी ढकाल‚ रञ्जना पराजुली लमसाल‚ नीता श्रेष्ठ र विक्रम भक्त जोशीहरूलाई आनन्दआश्रम ज्ञान केन्द्रको प्रतिक झोला‚ प्रमाणपत्र र खादाद्वारा सम्मान गरिएको थियो ।
आनन्दआश्रम ज्ञान केन्द्रको नजिक रहेर ’जीवनको उकाली ओराली‘ नामको पुस्तक लेखी प्रकाशन गर्नु भएकोमा पुवनपा १४ ठुलोपँधेरा निवाशी घलबहादुर पौडेल क्षेत्री र ’मेरो जीवन यात्रा‘ शीर्षकको पुस्तक लेखेर प्रकाशन गरेकोमा आँधीखोला ६ फापरथुम कोलबटका भागीरथ सापकोटालाई पुस्तक लेखी प्रकाशन गरेकोमा उच्च सम्मान गरी खादा‚ प्रमाणपत्र र आनन्दआश्रम ज्ञान केन्द्रको प्रतिक झोलाद्वारा सम्मान गरिएको छ ।
पाँच दर्जनभन्दा बढी सङ्ख्यामा उपस्थित महिला किसान विद्यार्थी र बुद्धिजीविहरूका बिचमा सम्पन्न यो कार्यक्रमको सञ्चालन संस्थाका सचिव दोलराज ढकालले गर्नु भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।