२११ औँ भानुजयन्तीकाे अवसरमा भेषजराज साहित्य प्रतिष्ठानद्वारा  आयोजित काव्य विमर्श एवम् नियमित रचनावाचनकाे ७४ औँ शृङ्खला तथा वालिङ नगरपालिका स्तरीय कविता प्रतियोगिता वालिङ वालिङ बहुमुखी क्याम्पसमा सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा डा. टंकप्रसाद पन्थलाई आमन्त्रण गरिएको थियोे । प्रमुख अतिथिबाट  व्यानरमा लेखिएको कुरा वाचन गरी कार्यक्रमकाे उद्घाटन गरिएको थियोे ।

प्रमुख अतिथिद्वारा भानुभक्त आचार्यका केही  श्लोकहरूकाे वाचन तथा भानुभक्तकाे नेपाली साहित्यमा याेगदानमाथि विमर्श गर्ने काम भयो । भानुभक्तले नेपाली भावनालाई एकै सूत्रमा जाेड्ने काम गरेकोेले पनि उनी लाेकप्रिय रहेको विचार व्यक्त गरियो । नैतिक शिक्षा र आदर्शकाे भाव सञ्चार गरिएकाले उनका कृतिहरू आज पनि लाेकप्रिय रहेको मर्म प्रस्तुत गरिएको थियो । भानुप्रति समर्पित कवितासमेत वाचन गरिएको थियो ।

प्रारम्भमा अप्रियाेगी कविहरूले कवितावाचन गर्नुभयो । सुभद्रा रेग्मीले ‘जीवन सुधाराैँ’ शीर्षकको कविता वाचन गर्नुभयो ।  आध्यात्मिक भाव सञ्चार भएको थियोे उक्त कवितामा । कवि कमला सिग्देलले ‘फेरिने कुरा फेरिइरहुन्’ शीर्षकको गद्यकविता वाचन गर्नुभयो । आशावादी भाव सञ्चार गरिएको थियो उक्त कवितामा । प्रेमप्रसाद सुवेदीले ‘बादशाहका नयाँ लुगा’ शीर्षकको कविता पाठ गर्नुभयो ।

उक्त कवितामा व्याङ्गात्मक चेतना प्रस्तुत थियोे । नवराज भुसालले ‘वैरभाव बाेकेर’ शीर्षककोगद्यकविता  कविता पाठ गर्नुभयो । बिम्ब र प्रतीक र व्यङ्ग्यवाण प्रस्तुत थियो कवितामा । दिलीप तिवारीले गजल प्रस्तुत गर्नुभयो । निराशा र अनुनय भाव व्यक्त भएको थियोे उक्त गजलमा । क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेम श्रेष्ठले कार्यक्रमकाे सफलताको शुभकामना व्यक्त गर्नुभयो । साहित्य समाजकाे सूक्ष्म ऐना रहेको मर्म उहाँले व्यक्त गर्नुभयो । सूर्यप्रसाद डुम्रेले ‘बाँचेर के सार भयाे’ शीर्षकको कविता वाचन गर्नुभयो ।  विकृति विसङ्गतिप्रति सङ्केत गरिएको थियो उहाँको कवितामा  ।

देशबन्धु आचार्य ‘प्वाँखहरू’ शीर्षकको गद्यकविता वाचन गर्नुभयो । कहाँबाट आएहाेला यी प्वाँखहरू, विसङ्गतिबाेध र व्यङ्ग्यकाे छनक प्रस्तुत थियोे कवितामा । वसन्त खनालले ‘मृत्युको घमण्ड’ शीर्षकको गद्यकविता पाठ गर्नुभयो । वर्तमानको यथार्थलाई तार्किक शैलीमा प्रस्तुत गरिएको थियोे । डाेलराज सुवेदीले ‘शिक्षाको स्तर’ शीर्षकको कविता वाचन गर्नुभयो ।

सिर्जना रेग्मी प्रकृतिले ‘रामै सरीका भए’ शीर्षककाे कविता वाचन गर्नुभयो । भानुभक्तमा समर्पित थियोे उहाँको कविता  । विष्णु पंगेनी पाण्डेले ‘ ‘प्रकृतिको लीला’ शीर्षककाे छन्द कविता वाचन गर्नुभयो । खगेन्द्र अर्यालले ‘ खुल्छ भक्तिकाे पर्दा’ शीर्षकको  लाेकलयकाे कविता वाचन गर्नुभयो । जीवनवादी स्वर व्यक्त गरिएको थियोे । वालिङ टेलिभिजनका जाेगराज पाठकले कार्यक्रमकाे सफलताको शुभकामना व्यक्त गर्नुभयो । साहित्यिक कार्यक्रममा छुट्टै आनन्द र शान्तिकाे अनुभूति हुने मर्म प्रस्तुत गर्नुभयो । रेडियो आँधी खाेलाकी शान्ता थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

गाेविन्दप्रसाद बास्तोलाले ‘किसानकाे मर्म’ शीर्षकको लाेक लयकाे कविता वाचन गर्नुभयो । दमकुमारी बगालेले नैतिक चेतनाकाे कविता वाचन गर्नुभयो । माटोकाे महिमाबाेध थियोे उक्त कवितामा । शम्भु अर्यालले ‘ आमा’ शीर्षकको गद्यकविता  वाचन गर्नुभयो । बिम्ब र प्रतीकका साथमा आमाको महिमालाई प्रकाश पारिएको थियो ।

जगत्रदेवी साहित्य सङ्गमका अध्यक्ष चण्डिका भट्टराईले भानुलाई स्मरण गरी कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले ‘ऐठन’ शीर्षकको कविता प्रस्तुत गर्नुभयो ।  भाेजकुमारी पाण्डेले भानुभक्तका पंक्तिहरू सुमधुर स्वरमा वाचन गर्नुभयो । शिक्षकका मर्मलाई समेटिएको कविता वाचन गर्नुभयो । शिक्षाको गुणस्तर खस्किनुकाे मर्मलाई व्यक्त गरिएको थियोे कवितामा । अनन्त अर्यालले  कविताकाे नतिजा प्रकाशन गरी ‘विरेचन’ शीर्षकको गद्यकविता प्रस्तुत गर्नुभयो ।

प्रतियोगितामा ८ जना स्रष्टाहरूले भाग लिनुभएकाे थियोे । सहभागीमध्येबाट प्रथम  दीप शारदा  द्वितीय  बिना रेग्मी, तृतीय आयुष्मा काफ्ले र सविना डुम्रेले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो ।

दीपक लम्सालले भेषजराज शर्माको परिचय प्रस्तुत गर्नुभएको थियोे । स्याङ्जाको साहित्यिक अवस्थालाई झल्काउनुभयाे । अहिलेकाे पुस्तालाई हामीले उचित मार्गदर्शन गर्न सकेनाैँ । समाजकाे मनाेविज्ञान नै बदलिएको अवस्थालाई उहाँले उल्लेख गर्नुभयो ।

भेषजराजकाे शैक्षिक तथा साहित्यिक याेगदानमाथि प्रकाश पारी उहाँको ‘युद्ध तिमी पनि गर्छाै म पनि गर्छु’ कविता वाचनसमेत  गर्नुभयाे ।

कमल बगालेले भानुभक्तका कविताका अंशहरू वाचन गर्नुभयो । ‘सत्ता’ शीर्षककाे आफ्नै कविता प्रस्तुत गर्नुभयो ।

ध्रुवप्रसाद शर्माले प्रतिभाहरूलाई उत्साहित गर्ने शैलीमा सुझाव दिनुभयो । उहाँले कृतिको कसैसँग तुलना नहुने विचार व्यक्त गर्नुभयो ।  ‘मेराे गाउँ’ शीर्षकको स्रग्धरा छन्दकाे कविता वाचन गर्नुभयो । बाेधराज न्याैपानेले ‘हे काव्यका माहिर’ शीर्षकको भानुभक्तप्रति समर्पित कविता वाचन  गर्नुभयो ।

साहित्यकार मिलन समीरले कार्यक्रममा वाचन गरिएका रचनाहरूकाे टिप्पणी गर्नुभयो । बीस जना अप्रतियाेगी कविहरूका कविता प्रस्तुत भएको सन्दर्भका साथमा कविता सशक्त रहेको मर्म व्यक्त गर्नुभयो । स्याङ्जामा साहित्यकाे गुणस्तर बढ्दै गएको अवस्थालाई उहाँले उल्लेख गर्नुभयो । विशिष्ट प्रतिभाहरू स्याङ्जामा जन्मिएको कुरा उहाँले स्पष्ट पार्नुभयाे । उहाँले ‘म अर्थात् आँधी खाेला उकालोमै बगिरहेको छु’ शीर्षकको गद्यकविता वाचन गर्नुभयो । आँधी खाेलाकाे नियतिलाई बिम्ब र प्रतीकका साथमा प्रस्तुत गर्नुभयो ।

कार्यक्रम भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालकाे अध्यक्षतामा भएको हाे । उहाँले साहित्यकार भेषजराज शर्मा तथा आदिकवि भानुभक्तकाे याेगदानलाई स्मरण गर्नुभयो । कार्यक्रमकाे सञ्चालन प्रतिष्ठानका सचिव  श्याम ढुङ्गानाले गर्नुभएको थियोे । भानुभक्त आचार्यकाे परिचय र भेषराज शर्माको परिचय उठान गर्ने काम उहाँले गर्नुभयो ।

कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्ने काम संस्थाका उपाध्यक्ष विष्णुप्रसाद अर्यालले गर्नुभएको थियो । उहाँले भेषजराज शर्माको जीवनी व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभयाे । संस्थाले गरेका क्रियाकलापकाे विवरणसमेत उहाँले प्रस्तुत गर्नुभयो ।