विश्वविख्यात वैदिक वैज्ञानिक नामक पुस्तकको दोस्रो संस्करण हालै प्रकाशित भएको छ । अध्यात्म वाङ्मय पुरुष आचार्य कमल रिजालद्वारा लिखित यस पुस्तकलाई मानव सेवा फाउन्डेशन कलङ्की, नेपालले प्रकाशित गरेको हो ।

प्रागैतिहासिक विज्ञान र वैज्ञानिकहरूबारे उत्खनन गरिएको यस पुस्तकमा विज्ञान र प्रविधिपरक वैदिक मन्त्रद्रष्टा ५९ जना ऋषिहरूको व्यक्तित्व र कृतित्वका सम्बन्धमा सम्यक विवेचन भएका छन् ।

लेखक रिजालका अनुसार पुस्तकले सर्वप्रथम विश्वमा मानवसभ्यताको शङ्खघोष गर्दै विश्वबन्धुत्वको पाठ पढाउने मनीषिहरूको ज्ञान र देन केलाउने काम गरेको छ ।

प्रकाशक मानव सेवा फाउन्डेशनका अनुसार मामाघर अनाथालय आश्रम ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरको सहयोगार्थ प्रकाशित प्रस्तुत पुस्तकले वेद र विज्ञान बुझ्न चाहनेका लागि आँखी झ्यालको काम गर्नेछ ।