टंक चौलागाईंको परिमार्जन र निर्देशनमा नाटक ‘युगको साँचो’ मञ्चन हुने भएको छ। नाटक असार २७ देखि साउन १९ सम्म बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुन लागेको हो ।

याे अंग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’को अनुवाद हाे । नाटक युवाहरू विदेसिने क्रम बढिरहेको समयमा बन्द भएका उद्योगहरू खोल्न कतिको जरुरी हुन्छ भन्ने विषयमा आधारित रहेकाे  निर्देशक टंक चौलागाईंले बताए । उनले भने, ‘रोजगारीकै लागि युवाहरु विदेश गइरहेका छन् । नेपालका खुलेका कतिपय उद्योग कलकारखाना पनि बन्द छ । यदि ती उद्योगहरू खुल्ने हो भने उनीहरू आफ्नै देश फर्किन पनि सक्छन् । हामीले नाटकमार्फत् अहिलेको अवस्थामा बन्द उद्योग खुल्न कतिको जरुरी छ भनेर देखाउन खोजेका हौँ ।’

नाटकमा कलाकार आकांक्षा कार्की, सेविता अधिकारी, शीला निरौला, रारा ज्योति पोखरेल, उषा भट्ट, प्रतीक दुलाल, पुष्पराज अवस्थी, विजय नेपाल, श्रीधर गौतम, अनु लकान्द्री, अभिनित चौलागाईं, अंशिका जोशी, कश्यप ज्ञवालीको अभिनय छ।

मंगलबारबाहेक साताको प्रत्येक दिन साढे पाँच बजे मञ्चन हुने नाटक शनिबार दिउँसो १ बजेको अतिरिक्त सो पनि मञ्चन गरिनेछ।

नाटक माइकल चेखोभ नेपाल र स्कूल थिएटर नेपालको प्रस्तुतिमा बनेकाे हाे ।