सडक दुर्घटनाको विषयलाई लिएर डा. विनोद ढकालले लेखेको उपन्यास ‘बगुवा पानी’को काठमाडौंमा लोकार्पण गरिएको छ ।पेशाले प्याथोलोजिष्ट डा. ढकाल काठमाडौं विश्वविद्यालयमा उपप्राध्यापकको रुपमा कार्यरत छन् ।
वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठले विमोचन गर्दै समाजमा रहेका विसङ्गतिलाई सरल भाषामा मिठासपूर्ण शैलीले उजागर गर्ने काम उपन्यासले गरेको बताइन् ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डिन प्राध्यापक डा. मनोज हुमागाईँ र प्राध्यापक डा. अजय रिसालले उपन्यासले नेपाली समाजको यथार्थलाई जीवन्त रुपमा चित्रण गरेको बताए ।
पत्रकार एवं लेखक रामकुमार बानियाँले पुस्तकबारे समीक्षा गर्दै सामाजिक वास्तविकताको वरिपरि रहेर लेखिएकाले उपन्यास बगुवा पानीले सामाजिक वास्तविकतालाई उजागर गरेको बताए ।
डा. ढकालले यसअघि लेखेको प्याथोलोजी (रोग विज्ञान) सम्बन्धी पुस्तक सार्वजनिक गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।