प्रेस सेनानी नारायणप्रसाद पाैडेलद्वारा लिखित ‘लुम्बिनी कपिलवस्तु अभियान र अभिलेख’ पुस्तककाे बुटवलकाे सुख्खानगरस्थित हाेटल मेरिगाेल्डमा साहित्यकारहरूबाट समीक्षा तथा टिप्पणी गरिएकाे छ । कार्यक्रममा लुम्बिनी लेखक नारायण पाैडेलकाे व्यक्तित्व र कृतित्वमाथि चर्चा गरिएकाे हाे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पुस्तककाे समीक्षा गर्दै पठन संस्कृतिको विकासको अभाव भएकाे बताउनु भएको छ । उहाँले लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले आयोजना गरेको कार्यक्रममा पठन संस्कृतिको विकास गर्न अभियान सञ्चालन गर्न जरुरी रहेको बताउनु भयो ।

साहित्य, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि प्रज्ञा प्रतिष्ठान सम्बन्धि ऎन बनाउन तयार रहेको बताउनु हुँदै त्यसको पहल गर्ने बताउनु भयो । उहाँले प्रदेश सभा सदस्यहरुलाई पठनमा अभिरुचि जगाउन आफूले प्रदेश पुस्तकालय निर्माण गरेकाे बताउनु हुँदै आम नागरिकहरुमा पठन संस्कृतिको विकास गर्न बौद्धिक वर्ग लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा गजल शिराेमणि प्राज्ञ बुँद रानाले कृतिकाे विषयमा टिप्पणी गर्दै राज्यका सबै अङ्गहरू निकम्मा हुँदै जान थालेकाे र सर्वत्र भ्रष्टाचार बढेकाेले प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुतिर राज्यकाे ध्यान जान नसकेकाे बताउनु भयाे ।

उहाँले सभामुखसँग कला, साहित्य र सँस्कृतिकाे विकासकाे लागि प्रज्ञा प्रतिष्ठान गठन गर्न अनुराेध गर्नु भयाे । साथै, प्रेस सेनानी नारायण पाैडेलद्वारा विगतमा गरिएकाे देशभक्तिपूर्ण याेगदानकाे मुक्तकन्ठले प्रशंसा गर्नु भयाे ।

मार्क्सवादी साैन्दर्यशास्त्री दिल साहानीले नारायण पाैडेलकाे देशभक्ति अभियानकाे प्रशंसा गर्दै पुरातत्व, किंवदन्ती, वास्तुकाे प्रमाण र तथ्यमा टेकेर पर्यटकीय तथा साँस्कृतिक स्थलहरुकाे निर्माण र विकास गर्नुपर्ने बताउनु भयाे ।

वरिष्ठ साहित्यकार ऋषिराम भुसालले पुस्तककाे बाह्य तथा आन्तरिक बनाेट बुनाेटकाे विषयमा सुझाव दिँदै विभिन्न स्थानहरुमा आस्थाका आधारमा साँस्कृतिक स्थलहरु बन्दैे जानु स्वभाविक हाे । याे जनताकाे सँस्कृति हाे भन्दै नारायण पाैडेलले लुम्बिनी नेपालमा हैन भारतमा पर्छ भनेर विशवव्यापी रुपमा भ्रम छरिरहेकाे अवस्थामा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने प्रमाणित गर्न मेचीकाली पैदल अभियानका आधारमा ठूलाे याेगदान दिनुभएकाे बताउनु भयाे ।

कार्यक्रममा प्रेस सेनानी अर्जुन ज्ञवाली, प्रेस सेनानी डा. बालकृष्ण चापागाईं, वरिष्ठ पत्रकार डिआर घिमिरे, वरिष्ठ पत्रकार दिपक ज्ञवाली, सँस्कृतिविद् झपेन्द्र जिसी, पर्यटनविद् दलबहादुर गुरुङ, साहित्यकार रुद्र ज्ञवाली, साहित्यकार सरु ज्ञवाली, लेखक तथा पत्रकार इन्दिरा अर्याल, सँस्कृतिविद् उत्तमकुमार पराजुली, अधिवक्ता पदमबहादुर कार्की, अधिवक्ता ज्ञानु केसी, साहित्यकार गङ्गाराम घिमिरे, बाैद्धिक व्यक्तित्व टेकराज पौडेल, लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष ऋषि आजाद, रुपन्देही जिल्ला उपाध्यक्ष कृष्ण गाउँले लगायतले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसारमा प्रेस सेनानी नारायण पौडेलको योगदान महत्त्वपूर्ण रहेको बताउनु भयो ।

कार्यक्रममा स्तम्भकार समाजका तर्फबाट संस्थाका अध्यक्ष प्राध्यापक माधवप्रसाद पाैडेलले प्रेस सेनानी डा. बालकृष्ण चापागाईँ र नारायण पाैडेललाई अबीर र दाेसल्लाले सम्मान गर्नु भएकाे थियाे ।

उपस्थित सबै वक्ताहरुले प्रेस सेनानी नारायण पाैडेललाई बधाई दिँदै सभामुखलाई लुम्बिनी प्रदेश प्रज्ञा प्रतिष्ठान गठन पक्रिया अगाडि बढाउन सुझाव दिएका थिए ।

कार्यक्रमकाे संयाेजन, प्रबन्धन, श्राेत व्यवस्थापन पूर्व जिसिअ डबल बिसीले गर्नुभएकाे थियाे । कार्यक्रममा लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका काेषाध्यक्ष लक्ष्मण ज्ञवाली, केन्द्रीय सदस्य तिलक लामिछाने, समृद्धि सराेकार केन्द्रकाे अध्यक्ष गणेश घिमिरे, पूर्व गाविस अध्यक्ष क्षेत्रबहादुर खत्री, प्रेस सल्लाहकार रुद्रहरि कुँवर र विद्यार्थी सिर्जना पाण्डेकाे उपस्थिति थियाे ।

कार्यक्रमकाे अध्यक्षता कृष्ण गाउँलेले र सञ्चालन ऋषि आजादले गर्नु भएकाे थियाे ।