साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई साहित्यकार जुनु क्षेत्रीको नियात्राहरुको सङ्ग्रह ‘जूनका पाइला’ प्राप्त भएकाे छ ।
पुस्तकमा ‘मनभरि अतीतः आँखाभरि वर्तमान’, ‘स्मृतिका डोबहरु’, ‘बसको यात्रामा दृश्यहरुको लुकामारी’, ‘आँखाभरि झलझली आदिनाथ संस्कृति’, ‘यायावरी प्रवृत्तिः जीवन्त अनुभूति’, ‘भोगाइको उकालीओरालीः अनुभवको देउराली’, ‘दसैँको रन्कोमा मझुवाको फन्को’, ‘मन्दिरहरुसँग मनहरुको मितेरी साइनो’ र ‘मायापुरले लगाएको मोहनी माया’ गरी ९ थान संस्मरणहरु सङ्ग्रहित छन् ।
‘यी नियात्रा भावात्मक, रागात्मक, रसात्मक र रोचक छन् ।’, साहित्यकार निर्मोही व्यास भूमिकामा लेख्छन्, ‘साथै, स्वच्छन्द वा उन्मुक्त शैलीमा प्रस्तुत भएकाले यी अत्यन्त आह्लादक र मनमोहकसमेत छन् । यिनमा यात्रागत वस्तुकथ्यका साथ अपेक्षित मात्रामा यात्राकारको निजात्मक राग, कल्पनाको लाली र अनुभूतिको अभिव्यञ्जना पाइन्छ । कतिपय नियात्रामा सान्दर्भिक रुपले पूर्वस्मृतिको समेत अङ्कन गरिएको छ भने नेपाली गीत र कवितामा साथै बङ्गाली भाषाका कविताका अंशहरुलाई पनि समावेश गरिएको छ, जसबाट रचनाको भावसौन्दर्यमा वृद्धि भएको छ ।’
पुस्तकलाई शब्दघर छापाखानाले वि.स. २०७१ सालमै प्रकाशनमा ल्याएको हो । १ सय ८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य १ सय ७० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।