साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई साहित्यकार तथा काव्य विधाको लघुतम् नेपाली उपविधा बाछिटा प्रवर्तक अमर त्यागीको बाछिटाहरुको सङ्ग्रह ‘अव्यक्त’ प्राप्त भएकाे छ ।
अकर्म
अक्कर अग्लो
अधर्म
यस सङ्ग्रहमा ‘बाछिटा’को सैद्धान्तिक स्वरुपको समेत एक विस्तृत आलेखमार्फत् व्याख्या समेत गरिएको छ जुन बाछिटा लेख्न अग्रसर बाछिटाकारहरुका लागि सहयोगीसिद्ध हुन्छ ।
‘बाछिटा नवीनतम काव्यिक उपविधा हो । यसको रचना सूत्रात्मक हुन्छ । यसमा सूक्ष्म विषयलाई गहन रुपमा प्रस्तुत गरिन्छ ।’, बाछिटाको सैद्धान्तिक स्वरुपको निष्कर्षमा त्यागी लेख्छन्, ‘यसमा तीन–पाँच–तीन अक्षरका ती पङ्क्तिहरु रहन्छन् । यसमा प्रकृतिका कुनै पनि रुप वा झलकलाई बिम्बको रुपमा प्रयोग गरिन्छ । यसको प्रस्तुति प्रतीकात्मक हुन्छ । यसमा विषयको उठान, उत्कर्ष र मर्मस्पर्शी निष्कर्ष अन्तर्निहित रहन्छ । यसका तीनै पङ्क्तिबिच अर्थगत सामञ्जस्यता रहेको हुन्छ । सूत्रहाइकु र लघुहाइकु लेखनको पृष्ठभूमिबाट काव्यिक उपविधाको रुपमा बाछिटाको प्रवर्तन भएको हो ।’
त्यस्तै, पुस्तकको प्रकाशकीयमा लेखिएको छ, ‘त्यागीको यस कृतिभित्र बाछिटाको सिद्धान्त पनि समावेश छ । यसले बाछिटा भनेको के हो ? यो कसरी लेखिन्छ ? यसका खास खास विशेषताहरु के हुन् ? यी प्रश्नको उत्तर खोज्न सहज हुनेछ भन्ने हामीलाई लागेको छ । यसभित्र अनुभव र अनुभूतिका विभिन्न अभिव्यक्ति समेटिएका बाछिटाहरु छन् ।’
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । १ सय ६० पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ७५ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।