साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई चितवन निवासी कवि उपेन्द्र त्रिपाठीको कवितासङ्ग्रह हो ‘अक्करे भीरको बाटो हिँडेपछि’ प्राप्त भएकाे छ ।
थिएनन् चाइने जो काका
आमाले कुटेर रुँदै दगुर्दा
ईशाराले बोलाएर मिठाई ख्याई फुल्याउँथे
गाउँ नै नरहनु भनेको
मान्छे हुनु तर नामै नहुनु जस्तै रहेछ
गाउँ नै नरहनु भनेको
शरीर हुनु तर मुटु नै नहुनु जस्तै रहेछ’
(बाढीपछि गाउँ पुग्दा)
उनका कविताहरुमा मानवीय संवेदनका साथमा सम्बन्धहरु चित्रण सचित्र पाइन्छ । उनका कवितामा अध्यात्मिक झलक समेत देखिएका छन् ।
‘कवि उपेन्द्रको यस कविता गोरेटोमा हिँडिरहँदा पाश्र्वमा मैले भूपीलाई सम्झिरहेँ । यसको अर्थ छ । यस सङ्ग्रहका कवितामा भूपीको काव्य स्कूलका सुन्दर र आकर्षक प्रभावहरु छन् ।’, पुस्तकको भूमिकामा कवि भूपीन लेख्छन्, ‘कवि उपेन्द्र यसलाई सहर्ष स्वीकारेर लेखकीय इमान्दारिता देखाउँछन् । यस कृतिका अधिकांश कवितामा तुकबन्दीलाई शक्तिमा बदलेका धेरै उदाहरणहरु छन् । ती पङ्क्तिहरुले घरि हसाउँछन् घरि रुवाउँछन् ।’
यस सङ्ग्रहमा ५७ थान कविताहरु सङ्ग्रहित छन् । सङ्ग्रहित अधिकांश कविताहरु छोटा आयतनका रहेका छन् । डा. सञ्जय पौडेलले प्रकाशनमा ल्याएको कवितासङ्ग्रहको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।