दाङ । कवि तथा समालोचक पुष्कर रिजाल ‘पुष्प’को एकल कविता वाचन हुनेभएकाे छ । नियमित रूपमा एकल कविता वाचन गर्दै आएको राप्ती साहित्य परिषद् दाङ शाखाले जेठ ३२ गते ७७ औँ शृङ्खलामा कवि रिजाललाई उभ्याएको हो।

वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा प्राध्यापनत रिजालको प्रकाशित कृतिहरूमा गजल पुष्प (गजलसंग्रह २०६५) , प्रायोगिक भाषाविज्ञान (२०६८), मनका भावहरू(मुक्तकसंग्रह – २०६९), संकलित समालोचना (२०७०), आधुनिक नेपाली कथा (२०७७) आदि रहेका छन् । साथै उहाँका  पत्रपत्रिकामा थुप्रै फुटकर रचना तथा समालोचकहरु  प्रकाशित  रहेका छन् रहेका छन् ।

राप्ती साहित्य परिषद दाङबाट ‘डोमादेवी साहित्य पुरस्कार- २०७७’, सर्वदा साहित्य संगम नेपालगन्जबाट ‘डा.कृष्णजंग राणा साहित्य सम्मान-२०७८’, प्रगतिशील लेखक संघ बाँके शाखाबाट सम्मानलगायतका विभिन्न साहित्यिक संस्थाहरूबाट रिजाल सम्मानित भएका छन् ।

उनी हाल हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, प्रलेस नेपालमा आबद्ध भएर साहित्य सेवा गरिरहेका छन् ।