साहित्यपोस्ट

नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको हेतुले भर्चुअल माध्यम जुमबाट एक कार्यक्रम गरेसँगै  दि गोर्खा टाइम्स (thegorkhatimes.com) लाइभ भएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यतामा दि गोर्खा टाइम्सकाे अाैपचारिकरूपमा प्रराम्भ गरिएकाे हाे ।

दि गोर्खा टाइम्स अंग्रेजी भाषाको साहित्यिक पोर्टल हो । जसले नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण भूमिका निर्वाह गर्दै विश्व साहित्य र नेपाली साहित्यको दूरीलाई नजिक बनाउने विश्वास लिइएको छ ।

अङ्ग्रेजी भाषामा नेपाली साहित्यलाई सम्प्रेषण गर्ने तथा विश्व साहित्यलाई नेपालीको सहज पहुँचमा ल्याउनका लागि सुरु गरिएको दि गोर्खा टाइम्स् नेपालकै पहिलो साहित्यिक पोर्टल हो । जसको प्रधानसम्पादकका रुपमा समीक्षक तथा साहित्यकार महेश पौड्याल रहेका छन् भने कार्यकारी सम्पादकका रुपमा हिमांशु कुँवरले जिम्मेवारी सम्हालेका छन् ।

सार्वजनिक भएसँगै यसमा नेपालका चर्चित लेखक कविहरूका रचना अाउन थालेका छन् ।  नेपालकै पहिलो अङ्ग्रेजी साहित्यिक पोर्टलले नेपाली लेखकका सिर्जना, कृति समीक्ष, खोज तथा अनुसन्धान, कलालगायत साहित्य तथा कला क्षेत्रका सम्पुर्ण अन्तरङ्गलाई समेट्ने बताइएको छ ।

साहित्यपाेस्टका प्रधानसम्पादक अश्विनी काेइरालाले साहित्यपाेस्ट र  दि गाेर्खा टाइम्सबीच नेपाली भाषा र साहित्यका साझा मुद्दामा सहकार्य हुने बताएका छन् ।