
काठमाडौँ । नेपालभाषा साहित्यका नारी स्रष्टाहरुको संस्था मिसा साहित्यकार मुनाको नयाँ कार्यसमिति चयनको अवसरमा एक विशेष समारोहको आयोजना गरियो ।
काठमाडौँको न्ह्योखास्थित जन–चिकित्सालयको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कथाकार ध्रुव मधिकर्मीले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै नयाँ पुराना स्रष्टाहरुबीच संवाद, साहित्य विमर्श तथा अभिलेखीकरणलगायतका कार्यमार्फत संस्थालाई सक्रिय बनाउन नयाँ नेतृत्व सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
निवर्तमान अध्यक्ष अञ्जना ताम्राकारले संस्थाको निर्माणपश्चात् नारी स्रष्टाहरुमा लेखनप्रति सक्रियतावृद्धि भएको विचार राख्नुभयो ।
नवनिर्वाचित अध्यक्ष विमलप्रभा बज्राचार्यले सबैको सामूहिक प्रयासले संस्थालाई अघि बढाउन प्रयास गर्ने बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष दिव्या ताम्राकार, सचिव विमला मानन्धर, सदस्य पूर्णिमा शाक्यले पनि संस्थाका बारेमा मत्तव्य राख्नुभएको थियो ।
विमलप्रभा बज्राचार्यको नेतृत्वमा गठित नयाँ कार्यसमितिमा उपाध्यक्ष द्धय दिव्या ताम्राकार र विमला मानन्धर, सचिवमा दिव्या बज्राचार्य, सहसचिवमा भवानी तुलाधर, कोषाध्यक्षमा रीता महर्जन, सहकोषाध्यक्षमा रेणु श्रेष्ठ तथा सदस्यहरुमा राजेश्वरी राजोपाध्याय, पूर्णिमा डंगोल, मिलन शाक्य, मिमला शर्मा, मिनर्वा शर्मा, अर्चना शाक्य र दीपना शर्मा रहनुभएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

