
नेपाली साहित्य समाज न्युजिल्यान्डको आयोजनामा न्युजिल्यान्डको क्राइस्टचर्चमा युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती समारोह सम्पन्न भएको छ ।
समाजका अध्यक्ष डा. वीरेन्द्र केसीको अध्यक्षतामा सम्पन्न उक्त समारोह सचिव इन्दु काफ्लेको संयोजनमा आयोजना गरिएको थियो । समाजका वरिष्ठ सल्लाहकार डा. भोला प्रधान र अध्यक्ष डा. वीरेन्द्र केसीले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा समाजका उपाध्यक्ष डा. विपुलेन्द्र अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीका अध्यक्ष प्रकाश गौतम र क्यान्टरवरी नेपालिज सोसाइटिका उपाध्यक्ष जीवन अर्यालले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम संयोजक इन्दु काफ्ले र समाजका पूर्व उपाध्यक्ष तथा आजीवन सदस्य नमिता दवाडीले संचालन गर्नु भएकोे सो कार्यक्रममा झण्डै साठि जना जति नेपाली भाषा र साहित्य प्रेमीहरुको उपस्थित थियो ।
कार्यक्रममा समाजका सल्लाहकारहरु डा. भोला प्रधान, प्रा. डा. राजेश ढकाल, शैलेश कर्माचार्य लगाएत घनश्याम सापकोटा, यशोदा मल्ल, डा. इश्वरी न्यौपाने, जिवन अर्याल, डा. सरिता केसी, गोपाल पौडेल, मन्जु बोथरा, गंगा शापकोटा, बिमला न्यौपानेले रचना वाचन गर्नु भएको थियो ।
कार्यक्रमका सभाअध्यक्ष डा. वीरेन्द्र केसीले कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

