
प्रसिद्ध लेखिका कथाकार उषा शेरचनको नयाँ कथा सङ्ग्रह ‘बेग्लै म’को दोस्रोपटक सार्वजनिक गरिएको छ । यसअघि समाजिक सञ्जालबाटै सार्वजनिक गरिएको कथासङ्ग्रहको भौतिक रूपमा मिथिला थाली, झम्सिखेलमा सार्वजनिक गरिएको हाे ।
नेपाली कलासाहित्यडटकम प्रतिष्ठानद्वारा आयोजित लोकार्पण कार्यक्रममा उपस्थित ४५ कथाकार, पत्रकार र सम्पादकहरूलगायत पाककलामा निपुण अन्तरराष्ट्रिय ख्यातिप्राप्त सेप सन्तोष शाहले पुस्तककाे संयुक्त रूपमा लोकार्पण गरेका थिए ।
कार्यक्रममा चर्चित नेपाली सेफ सन्तोष साहले कथाकार शेरचनलाई मिथिला कला उपहारस्वरूप प्रदान गरे ।
कार्यक्रममा मोमिलाले कृति र कृतिकार बारे बोलिन् । कथाकार शेरचनले सङ्ग्रहबाट ‘लोप’ शीर्षकको कथा वाचन गरिन् भने मोमिलाले ‘बेग्लै म’ पढेर सुनाइन् ।
समालोचकद्वय कुमारी लामा र अशोक थापाले पुस्तकमाथि समालोचकीय धारणा प्रस्तुत गरेका थिए । कार्यक्रम समाप्तिपछि उपस्थित सबैलाई मिथिला थालीको सुस्वाद भोजनबाट स्वागत गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

