जीवन लामा, दोलखा । समाजसेवी इञ्जिनियर आत्मकृष्ण श्रेष्ठले भीमेश्वर नगरपालिका–२ दोलखा बजारमा पुस्तकालय भवन निर्माण गरिएका छन् । श्रेष्ठले पुस्तकालय भवन निर्माणको लागि जग्गा दिनुको साथै १५ लाख रुपैयाँ समेत दिएका थिए ।
हाल निर्माण गरिएको भवनमा आधुनिक प्रविधिको प्रयोग गरी चाँडै पुस्तकालयलाई निरन्तरता दिने लक्ष्य राखिएको छ । उक्त नवनिर्मित भवन निर्माण कार्य सम्पन्न भएकाले व्यवस्थापनको लागि २ नम्बर वडा कार्यालय भीमेश्वर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
भवन निर्माणसँगै भीम पुस्तकालयले पुनर्जीवन पाएको छ । भीम पुस्तकालय २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको थियो । भूकम्पले भत्केपछि अस्तित्व संकटमा परेको उक्त पुस्तकालय सञ्चालनमा आउने भएको छ । उक्त भीम पुस्तकालय जिल्लाकै जेठो पुस्तकालय हो ।
श्रेष्ठ सल्लाहकार रहनुभएको संस्था रुपा फाउण्डेशनले चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसमा पनि रुपा स्मृति पुस्तकालय स्थापना गरिएको छ । उक्त पुस्तकालयमा कलेजमा अध्ययनरत विद्यार्थीको समस्यालाई मध्येनजर गरी पुस्तकालय स्थापना गरिएको गौरीशंकर बहुमुखी क्याम्पसका प्रमुख शान्त केसीले बताउनु भयो ।
त्यस्तै सदरमुकाम चरिकोटस्थित बीचबजारमा श्रेष्ठकै पहलमा गौरीशंकर सामुदायिक पुस्तकालय स्थापना गरिएको थियो । श्रेष्ठद्वारा निजका श्रीमती स्वर्गीय रुपा श्रेष्ठको सम्झनामा स्थापित रुपा फाउण्डेशन संस्थाको शिक्षा लगायत सामाजिक क्षेत्रमा विभिन्न कार्य गर्दै आएको रुपा फाउण्डेशनका सचिव अनिल चन्द्र श्रेष्ठले बताउनु भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।