शिक्षण पद्धतिलाई थप प्रभावकारी तथा युग सुहाउँदाे बनाउन धनगढीमा कार्यशाला गोष्ठी गरिएकाे छ । लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट काठमाडौंले धनगढीमा उक्त गोष्ठी गरेको हो ।

कार्यशालामा शिक्षण पद्धतिमा देखिएका नाैला आयाम, संवेदनात्मक चेतनाकाे विकास, व्यवहारिक जीवनमा शिक्षाकाे प्रयाेग लगायतका विषयमा छलफल गरिएकाे थियाे ।

कलेजका प्रधानाध्यापक डा. मित्रबन्धु पौडेलले शिक्षक तथा विद्यार्थीमा देखिने तनाव तथा अध्ययन-अध्यापनका चुनौति कम गराउन शिक्षकबिच शिक्षण सिकाइ कार्यक्रम आयोजना गरिएको बताए । प्रशिक्षकसमेत रहेका डा. पौडेलले शिक्षण क्षेत्रमा देखिएको चुनौति र निराशालाई न्यूनीकरण गर्दै शिक्षकले अध्ययनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टकी डा. स्मृतिकला पन्तले शैक्षिक गुणस्तर कायम गर्नका लागि शिक्षक स्वयं जिम्मेवार हुनुपर्ने बताइन् । उनले वर्तमान युग सुहाउँदो शिक्षाको लागि शिक्षक अध्ययनशील हुनुपर्नेमा जोड दिइन् ।

छलफल कार्यक्रममा विद्यार्थीलाई सिर्जनात्मक अभ्यासमा सहभागी गराउनुपर्ने र शिक्षकले अध्ययन गर्न आवश्यक हुनेमा सहभागीले जाेड दिएका थिए । कार्यक्रममा लिटिल एन्जल्सका कार्यक्रम संयाेजक कृष्ण अवस्थीले शिक्षण पेशामा देखिएको समस्या र चुनौति निराकरणका लागि छलफल प्रभावकारी भएको हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा धनगढी,अत्तरियाका माध्यमिक तथा क्याम्पसका ४० जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।