पोखरा । लघुकथा प्रतिष्ठान पोखराको नियमित लघुकथा वाचनको ६१ औँ शृङ्खला पोखरामा सम्पन्न भएको छ ।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै संस्थाका सदस्य तथा लघुकथाकार डा. ईश्वरमणि अधिकारीले यस संस्थाको स्थापना पश्चात् लघुकथा लेखन, वाचन, विमर्श तथा परिचर्चामा वृद्धि भएको र लघुकथाको गुणात्मक लेखनमा चुनौती रहेको भन्दै स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा साहित्यकार कल्याण पन्त, जनार्दन दाहाल, ढाकामोहन बराल, गिता तिवारी, ओमकार अधिकारी, प्रकाश बज्राचार्य लगायतले लघुकथा वाचन गरेका थिए ।
कार्यक्रम संस्थाका सचिव अमृतले सञ्चालन गरेको थिए ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला