युवा कवि मधुसुदन घिमिरेको प्रेमिल कविताहरूको सङ्ग्रह ‘मायाको आयतन’ प्रकाशनमा आउने भएको छ । १२५ थान छोटा आयतनका कविताहरु सङ्ग्रहित यो कवितासङ्ग्रहलाई साहित्यपोस्टले प्रकाशनमा ल्याउन लागेको हो ।
सङ्ग्रहमा प्रेम सम्बन्धका विविध आयमहरुमाथि लेखिएका कविताहरुको बाहुल्यता रहेको छ । साथै, समाजिक समस्या, देश तथा युवाहरुको वर्तमान अवस्थालयात विषयहरुलाई समेत कविताहरुले प्रतिनिधित्व गरेका छन् ।
सङ्ग्रहमा ०७५ सालपछि लेखिएका कविताहरु रहेका छन् । आफ्ना कविताहरुका बारेमा कवि घिमिरे भन्छन्, ‘अहिलेको डिजिटल युगमा छोटा कविताहरुको उपस्थिति उल्लेख्य रहेको पाइन्छ, तर सङ्ग्रहकै रुपमा भने ज्यादै यस किसिमका कविताहरु आएका छन् । अझ हामी जस्ता दृष्टिविहीन साहित्यिक अनुरागी व्यक्तिहरु साहित्यको सहज पहुँचमा छैनन् । जसले गर्दा औपचारिक लेखनमा हामी कम छौँ । औपचारिक लेखनमा हस्तक्षेप राख्न पनि कृतिका रुपमा प्रकाशनमा आएको हुँ ।’
सङ्ग्रहमा रहेका कविताहरूसँगै चित्रहरूसमेत रहेका छन्, जसले अमूर्त रूपमा कवितालाई दृश्य दिएका छन् ।
पुस्तकको विमोचन आउँदो जेठ १५ गते मङ्गलबार नेपाल पर्यटन बोर्डको हलमा हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।