काठमाडौँ । न्यु होली क्रस स्कुलद्वारा आयोजित विद्यार्थीसँग कुलपति’ कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियोे।

चितवनबाट सुरुवात गरिएको सांस्कृतिक सत्ता र समताका लागि’ भन्ने अभियानको पछिल्लो शृङ्खला अन्तर्गत ‘विद्यार्थीसँग कुलपति’ कार्यक्रम यसपटक काठमाडौँस्थित मनोहरामा रहेको न्यु होली क्रस स्कुलले आयोजना गरेको थियो ।

कुलपति राईले प्राज्ञिक सांस्कृतिक उन्नायनमा नेपाल प्रज्ञा-प्रतिष्ठानले योगदान पुर्याउँदै आएको बताउनुभयो । उहाँले ‘सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान’ भन्ने उद्घोषसहित गाउँ गाउँमा पुग्ने र एकल ढङ्गले सञ्चालन हुँदै आएको प्रतिष्ठानलाई सबैको बनाउने हेतुले निरन्तर काम गरिरहेको बताउनु भएको थियो ।

उहाँले स्थापनाको ६७ वर्षसम्म प्रतिष्ठान सबैसामू पुग्न नसके पनि अब सबै तहतप्कामा पुग्ने बताउनु भएको थियोे । यसै उद्वेश्यअनुरूप न्यु होली भिजन स्कुलका शिक्षक, अभिभावक र विद्यार्थीले कुलपति राईलाई प्रज्ञा-प्रतिष्ठानको योगदान, महत्त्व र भूमिकाबारे जिज्ञासा राखेर संवादमा भाग लिएका थिए ।

विभिन्न प्रश्न र जिज्ञासा बारे जवाफ दिँदै उहाँले पाठ्‌यक्रम निर्माणमा समेत नेपाल प्रज्ञा- प्रतिष्ठानको संलग्नता हुन आवश्यक रहेको बताउनु भएको थियो ।