भरतपुर । सनराइज इङ्लिस स्कुल, वैदिकनगरले एस.ई.ई. दिएर फुर्सदमा रहेका विद्यार्थीलाई लक्षित गरी एस.ई.ई. कविता प्रतियोगिता २०८० सम्पन्न गरेको छ । सिर्जनशील विद्यार्थीहरूको सिर्जनामा अझ निखार ल्याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो ।
सनराइज इङ्लिस स्कुलमा रहेको इन्टर्याक्ट क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा चितवनका १४ वटा विद्यालयबाट एस्.ई.ई. दिएर बसेका १८ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
समसामयिक विषयमा जुनसुकै शीर्षकमा कविता सुनाउन पाइने उक्त कार्यक्रममा नारायणी इङ्लिस स्कुलकी छात्रा सन्ध्या गुरुङ प्रथम भएकी थिइन् । त्यस्तै एकता शिशु निकेतनकी अप्सना अर्यालले द्वितीय र प्रगति शिक्षा सदनकी विपाश्ना धमलाले तृतीय स्थान प्राप्त गरेका थिए । आयोजक विद्यालय सनराइजका प्रतियोगी छात्र रञ्जित पोखरेलले सान्त्वना पुरस्कार हात परेका थिए ।
उक्त प्रतियोगिताको निर्णायकहरूमा रमेश प्रभात, विद्या भण्डारी चिराग र छविरमण न्यौपाने रहेका थिए । इन्टर्याक्ट लोकेन कार्कीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा विद्यालयका प्राचार्य शिवकुमार बगाले प्रमुख अतिथि रहेका थिए । सो प्रतियोगिताको सञ्चालन आरोपा श्रेष्ठ र अभिशेक पराजुलीले गरेका थिए ।
प्रतियोगितामा सहभागी सबैलाई सहभागिताको प्रमाण पत्र दिइएको थियो भने प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार पाउनेहरूलाई पुरस्कार, प्रमाण पत्र र ट्रफी दिइएको थियो । उक्त कार्यक्रममा पुरस्कारको सौजन्य सम्पूर्ण किताब नारायणगढले गरेको थियो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला