साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई काठमाडौं महानगरका मेयर तथा र्यापर बालेन (बालेन्द्र शाह) को कवितासङ्ग्रह ‘अश्र’ प्राप्त भएकाे छ ।
यस सङ्ग्रहमा बालेनका छोटा–मिठा कविताहरु सङ्ग्रहित छन् ।
`अश्र´ संस्कृतबाट आएको शब्द हो जसको अर्थ आँसु र रगत हो । संग्रहमा मेयर बालेनका करीब १९५ छोटा मझौला कविताहरु संग्रहित छन् । संग्रहमा पहिलो खण्डमा प्रेम, दोस्रो खण्डमा प्रेम वियोग, तेस्रो खण्डमा राजनीति र चौथो खण्डमा दर्शन सम्बन्धी छोटा-छोटा कविताहरु छन् । केही कविताहरु ४ पंक्तिका छन् त केही १७ पंक्तिका छन् अनि केही ११ पंक्तिका छन् । कविताहरु ६, ८, ९, र १२ पंक्तिका पनि छन्। केही कविताहरू भने उनले आफ्नो सामाजिक सञ्जालमा पनि राखेका पनि पुस्तकमा अटाएका छन् ।
संग्रहमा अटाएका कविताहरु मझौला भए पनि आलंकारिक, बिम्बात्मक र सरल छन् । सङ्ग्रहमा अटाएका कविताहरु परम्परागत कविताको स्थापित दायरा र मान्यताभन्दा बाहिर गएर लेखिएका छन् भने केही परम्परागत तर बेग्लै हस्ताक्षरवाला पनि छन् ।
अश्रमा प्रेम, प्रेम वियोग, राजनीति र दर्शनसहित १९५ कविता र तिनका चित्र स्केच रहेको ‘अश्र’ बुकहिलले प्रकाशनमा ल्याएको हो । “नेपाली कवितामा नयाँ स्वाद खोज्ने पाठकका निम्ति कवि बालेनका कविता मन पर्नेछन् ।” प्रकाशक बुकहिलले भनेको छ, “भानुभक्तदेखि विभिन्न कालखण्ड र भावधारा हुँदै बालेनसम्म आइपुगेको नेपाली काव्यिक आयामलाई अश्रका कविताले अर्को आयाम दिनेछन् ।”
हार्ड कभर संस्करणमा प्रकाशन भएको अश्रको पाठक मूल्य ६६६/- रुपैयाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।