साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई पर्या–साहित्य र राजनीतिक विषयमा सक्रिय कलम चलाउने कमलजङ्ग कुँवरको कृति ‘श्रीमद्भागवद्गीता समश्लोकी नेपाली’ प्राप्त भएकाे छ ।
श्रीमद्भागवद्गीतालाई पृष्ठभूमि बनाइएर लेखिएको यस कृतिमा ‘कुरुक्षेत्रका युद्धभूमिमा सैनिकहरुको निरीक्षण’देखि ‘गीताको सांरसक्षेप’, ‘कर्मयोग’, ‘प्रकृति, पुरुष र चेतना’, ‘दैवी तथा आसुरी स्वभाव’ हुँदै ‘उपसंहारः सन्यासको पूर्णता’सम्म गरी जम्मा १८ उपशीर्षक रहेका छन् ।
‘भगवान्बाट स्वयं ब्रह्माजी, ब्रह्माजीबाट उहाँका पुत्र एवं शिष्य नारदजी, उहाँका शिष्य व्यासदेव, उहाँका पुत्र एवं शिष्य शुकदेव गोस्वामीको गुरु परम्परामा मध्याचार्य, चैतन्य महाप्रभु रहनुभएको ब्रह्म–मध्वगौडीय वैष्णव परम्पराका जगत्गुरु श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपादलाई आध्यात्मिक गुरुको रुपमा सहस्र स्वीकार गरेर उहाँको चरणकमलमा समर्पित भई विनीत दास मैले उहाँले रचना गर्नुभएको श्रीमद्भागवत्गीता तथारुप पुस्तकका आधारमा यो पुस्तक तयार पार्ने जमर्को गरेको छु ।’, मेरो प्रेरणाको स्रोतमा लेखक कुँवर पुस्तकमा लेख्छन्, ‘म केही पनि होइन यो सबै मेरो गुरुवरका आशीर्वाद र भगवान्को कृपाबाट सम्भव भएको हो । उहाँहरुको चरणकमलको धूलो म उहाँहरुकै पथमार्गमा चल्ने मेरो सानो प्रयास मात्रै हो ।’
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा संरक्षणको सफलताको कथा ‘गैँडालाई चार वर्ष’ कुँवरको पहिलो कृति हो । लोककल्याण–प्रकृति संरक्षणवादको सिद्धान्त ‘महान् नेपाली’ दोस्रो र ‘श्रीमद्भागवद्गीता समश्लोकी नेपाली’ उनको तेस्रो कृति हो ।
पुस्तकलाई मातृभूमि प्रकाशन तथा उद्यमले बजारमा ल्याएको हो । ३ सय १८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय ५ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।